तस्वीरमा हेर्नुहोस् खुलामञ्चमा खाना खानेको लाइन | Khabarhub Khabarhub

तस्वीरमा हेर्नुहोस् खुलामञ्चमा खाना खानेको लाइन



काठमाडौं- कोरोना संक्रमण बढ्दै गएपछि अहिले काठमाडौंमा निषेधाज्ञा छ । मानिसको चहलपहल पनि कम छ । स्थानीय प्रशासनले अत्यावश्यक बाहेकका काममा घरबाहिर निस्कन प्रतिबन्ध नै लगाएको छ ।

यो अवस्थामा धेरैको रोजगारी गुमेको छ । दैनिक ज्याला मजदूरी गरेर गुजारा चलाउनेको जीवन अझै सकसपूर्ण बनेको छ ।

यसरी समस्यामा परेका व्यक्तिलाई हन्ड्रेड समूह र मानवी क्रिएटिभ फाउन्डेसनले निरन्तर खाना खुवाउँदै आएको छ । सरकारले लकडाउन जारी गरेदेखि गत चैत १८ गतेबाट यी स्वयंसेवी संस्थाले निरन्तर खाना खुवाउँदै आएका छन् ।

अहिले यो समूहले काठमाडौंको खुलामञ्चमा नि:शुल्क खाना वितरण गर्दै आएको छ । खाना खान सयौंको संख्यामा मानिस भेला हुने गरेका छन् ।

खाना खान काठमाडौंको खुलामञ्चस्थित बस टर्मिनल क्षेत्रमा दिउँसो ३ बजेदेखि नै मानिसहरु भेला हुन्छन् । मानिसहरुको संख्या बढ्दै ४ बजेतिर ४ देखि ५ सय हाराहारी पुग्छन् । शहरमा खानेकुराको अभावमा छाक टार्न समस्या परेकाहरु साढे ४ बजे स्वयंसेवकहरुले वितरण गर्ने खाना पर्खेर बसेका हुन्छन् ।

व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाएका स्वयंसेवकले सुरुमा खाना खान बस्ने क्षेत्र निसंक्रमण (डिस इन्फेक्सन) गर्छन् । खाना खान आउनेहरुको तापक्रम नाप्छन् । ज्वरो आएकाहरुलाई अलग्गै राखेर खाना दिन्छन् ।

स्वयंसेवकहरुले पहिले पशुपति, गुह्येश्वरी, स्वयम्भूलगायतका क्षेत्रमा मोटरसाइकलमा खाना पुर्‍याएर मजदुरलाई वितरण गरे पनि अहिले खुलामञ्चमा मात्र खुवाउने गरिएको छ । अहिलेसम्म देश विदेशमा रहेका शुभचिन्तक र सामाजिक अभियन्यताहरुको सहयोगमा खाना खुवाउँदै आएको एक अभियन्ता बद्रीप्रसाद ढुंगानाले जानकारी दिए ।

पहिलो चरणको लकडाउनमा दिनमा एक हजार जना भन्दा बढीले खाना खाए पनि अहिले ४ देखि ५ सयको हाराहारीमा हुने गरेका छन् । उनीहरुले स्वयंसेवक टोलीकै सदस्य अंशु यादवको वानेश्वरस्थित घरमा खाना पकाएर साढे ४ बजे खुलामञ्च लिएर जाने र वितरण गर्ने गरेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ९ : ३८ बजे

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो