विश्वभर १ करोड ३ लाख बढीले जिते कोरोना विरुद्धको लडाइँ | Khabarhub Khabarhub

विश्वभर १ करोड ३ लाख बढीले जिते कोरोना विरुद्धको लडाइँ


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वभर कोरोना भाइरसको संक्रमण भएका १ करोड ३ लाखभन्दा मानिस संक्रमणमुक्त भएका छन्।

जोन्स होप्किन्स विश्वविद्यालयले तयार पारेको तथ्यांक अनुसार हालसम्म विश्वभरबाट १ करोड ३ लाख ६५ हजार १ सय ७७ जना कोरोना संक्रमुणमुक्त भएका छन्।

यो नेपाली समय अनुसार शनिबार रातको १० बजेसम्मको तथ्यांक हो।

सबैभन्दा बढी निको हुनेमा ब्राजिल पहिलो नम्बरमा छ। अमेरिका, भारत र रुसले ब्राजिललाई पछ्याइरहेका छन्। ब्राजिलमा २० लाख ८ हजार ८५४ संक्रमित निको भएका छन् भने अमेरिकामा १४ लाख ३८ हहजार १ सय ६० जना निको भएका छन्।

भारतमा १० लाख ९४ हजारभन्दा बढी संक्रमित निको भएका छन्। रुसमा निको हुनेको संख्या ६ लाख ४५ हजारभन्दा बढी छ। नेपालमा हालसम्म २० हजार ८६ जना संक्रमित भएका छन् भने १४ हजार ४९२ जना निको भएका छन्।

हालसम्म विश्वका ६ लाख ८० हजार संक्रमितको भने मृत्यु भएको विश्वविद्यालयको तथ्यांक छ। अमेरिकामा सबैभन्दा बढी १ लाख ५३ हजार ६ सय ४२ संक्रमितको मृत्यु भएको छ।

हालसम्म विश्वभरका १ करोड ७६ लाख ३९ हजार १ सय ८५ जनामा कोरोना संक्रमण भएका छन्। सबैभन्दा बढी संक्रमित अमेरिकामा छन्। अमेरिकामा ४५ लाख ७९ हजार ७ सय ६१ जना संक्रमित भएको विवरण विश्वविद्यालयले प्रकाशन गरेको छ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  १० : ३३ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न