ट्याङ्करमा करेन्ट लाग्दा एकको मृत्यु | Khabarhub Khabarhub

ट्याङ्करमा करेन्ट लाग्दा एकको मृत्यु


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपालगञ्जमा पार्किङमा राखिएको ट्याङ्करमा करेन्ट प्रवाह हुँदा एक जनाको मृत्यु भएको छ ।

नेपाल आयल निगम लिमिटेड, इन्धन डिपो नेपालगञ्जमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ना४ख २६५१ नंको ट्याङ्करमा सहचालकका रुपमा कार्यरत बारा जितपुर सिमरा नगरपालिका निवासी २२ वर्षीय राज थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काले जानकारी दिए ।

उनका अनुसार गएराति ८ बजेतिर करेन्ट लागेर गम्भीर घाइते भएका थापामगरको शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

ट्याङ्करको छतमा उभिएर विद्युत्को तार पन्छाउने क्रममा थापामगरलाई करेन्ट लागेको थियो । मृतकको शवपरीक्षणका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

नेपाल आयल निगम लिमिटेड, इन्धन डिपो नेपालगञ्जको ट्याङ्कर पार्किङस्थल सञ्चालनमा नआउँदा सडकमै ट्याङ्कर राख्ने गरिएको छ ।

नेपाल आयल निगम लिमिटेड, इन्धन डिपोका प्रबन्धक नवविनोद पोखरेलले बन्दाबन्दीका कारण पार्किङ निर्माणमा ढिलाइ भएको बताए । नेपाल आयल निगम लिमिटेड, इन्धन डिपोमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने १५० ट्याङ्कर रहेका छन् ।

कोरोना महामारीले सार्वजनिक सवारीसाधन सञ्चालन नभएका कारण पेट्रोलियम पदार्थ खपत कमी भएकाले अहिले धेरैजसो ट्याङ्कर पार्किङमा हुने हुँदा समस्या देखिएको प्रबन्धक पोखरेलले बताए ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  १२ : ५६ बजे

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । 

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायल– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेले पाए भौतिक पूर्वाधार मन्त्रालय

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्