अमेरिकामा कोरोना संक्रमितको संख्या ४७ लाख नाघ्यो, एकैदिन ७० हजार संक्रमित | Khabarhub Khabarhub

अमेरिकामा कोरोना संक्रमितको संख्या ४७ लाख नाघ्यो, एकैदिन ७० हजार संक्रमित


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४७ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ७० हजार ९०४ जनामा संक्रमण पुष्टि हुँदा संक्रमित संख्या ४७ लाख ५ हजार ८८९ पुगेको छ ।

शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ४६२ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५६ हजार ७४७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २३ लाख २७ हजार ५७२ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २२ लाख २१ हजार ५७० जनामध्ये १८ हजार ६८७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ९ : ५४ बजे

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।