नेपाल–चीन सम्बन्धको ६५औँ वर्षगाठ : एक चीन नीतिमा प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ | Khabarhub Khabarhub

नेपाल–चीन सम्बन्धको ६५औँ वर्षगाठ : एक चीन नीतिमा प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई पत्र लेख्दै नेपाल एक चीन नीतिमा प्रष्ट रहेको बताएका हुन् ।

चीनका  राष्ट्रपति सी चिनफिङ र  प्रधानमन्त्री लि खछ्याङलाई  बेग्लाबेग्लै बधाई सन्देश पठाउँदै ओलीले नेपाल र चीनबीच शताब्दीऔँदेखि रहेको गहिरो हार्दिक मैत्रीको विशिष्टता स्मरण गराए । उनले एक चीन नीतिलाई निरन्तर अक्षुण्ण राखेको तथा चीनले नेपालको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रताको सम्मान गरेको बताएका छन् ।

गत अक्टोबरमा चिनियाँ राष्ट्रपतिबाट भएको नेपालको ऐतिहासिक राजकीय भ्रमण र सन् २०१६ र २०१८ मा आफूले गरेका चीनको औपचारिक भ्रमणको स्मरण गर्दै प्रधानमन्त्रीले भ्रमणका बेला भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता गरेका छन् ।

पारवहन यातायात सम्झौतासहित त्यसको सन्धिपत्र, नेपाल–चीन सीमापार रेलसेवा परियोजनाको सम्भाव्यता अध्ययनका साथै भौतिक पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तारका सम्बन्धमा भ्रमणका बेला भएका द्विपक्षीय सम्झौता पारस्परिक सहयोग अभिवृद्धि गर्न महत्वपूर्ण हुने उनले बताए ।

चीनले अघिसारेको एकक्षेत्र एकमार्ग (वेल्ट एण्ड रोड) परियोजनाको सराहना गर्दै प्रधानमन्त्री ओलीले उक्त परियोजना र त्यसमा समाहित हिमालयपार बहुआयमिक सम्पर्क सञ्जालसहितका मुख्य  अंशले  नेपाललाई आफ्नो विकासका कार्यक्रम अघि बढाउन महत्वपूर्ण अवसर प्रदान गर्ने सन्देशमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ९ : १४ बजे

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल

स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्यमन्त्रीलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान एवं स्वास्थ्य तथा

मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्को उथलपुथल गर्न

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका

हत्या अभियोगमा पक्राउ परेका युवा सार्वजनिक 

काठमाडौं– इलाका प्रहरी कार्यालय बनेपाले ८३ वर्षिय महिलाको हत्या अभियोगमा