सरकार विरोधी प्रदर्शनमा उत्रिएका १२ जना बालुवाटारबाट पक्राउ | Khabarhub Khabarhub

सरकार विरोधी प्रदर्शनमा उत्रिएका १२ जना बालुवाटारबाट पक्राउ


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै बालुवाटारमा प्रदर्शनमा उत्रिएका १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज दिउँसो प्रदर्शनमा उत्रिएका ‘इनफ इज इनफ’का अभियन्ता १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रधानमन्‍त्री निवास बालुवाटारमा शान्तिपूर्ण आन्दोलनमा सहभागी १२ जनालाई प्रहरीले धरपकड गरी नियन्‍त्रणमा लिएको उनीहरुले बताएका छन् । निषेधित क्षेत्र प्रवेश गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ललितपुरको पाटनमा ६ दिनदेखि अनशनरत युवाहरुको समर्थनमा उनीहरुले बालुवाटारमा प्रदर्शनमा निकालेका हुन् ।

क्वारेन्टिन व्यवस्थित बनाउनुपर्ने, पीसीआर परीक्षणको दायरा बढाइनुपर्ने, क्रारेन्टिनमा महिलाको सुरक्षा हुनुपर्ने लगायतका मागसहित उनीहरु आन्दोलित भएका छन् ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ७ : २८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६