एन्फाद्वारा आगामी वर्षका लागि ७० करोड बजेट विनियोजन | Khabarhub Khabarhub

एन्फाद्वारा आगामी वर्षका लागि ७० करोड बजेट विनियोजन


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ  (एन्फा)ले आगामी आर्थिक वर्षका लागि ७० करोडको बजेट विनियोजन गरेको छ ।

सोमबार बसेको कार्यसमति बैठकले विनियोजन गरेको बजेटको ५६ प्रतिशत फिफाको अनुदान, १० प्रतिशत एएफसीको अनुदान र बाँकी ३४ प्रतिशत एन्फाको स्रोतबाट बजेटको व्यवस्थापन हुने जनाएको छ ।

यसैगरी नोबेल कोरोना भाइरसको महामारीबाट फुटबलमा भएको क्षति न्युनीकरणका लागि फिफाले दिएको राहत प्याकेजबाट १ लाख डलर बबराबर राहत वितरण गर्ने निर्णय गरेको छ ।

बैठकले ए, बी र सी डिभिजन क्लबहरुलाई समान ७५–७५ हजार राहत दिने समेत निर्णय गरेको छ । जिल्ला संघहरुलाई पनि ७५ हजारका दरले सहयोग गर्ने निर्णय गरेको छ ।

बैठक झण्डै ७ घण्टा चलेको थियो । भर्चुअल बैठकमा एन्फा कार्यसमितिका सदस्यहरुले आ-आफ्ना धारणाहरु राखेका थिए ।

बैठकमा विवाद र शक्ति संचयका कुराहरु समेत उठेको सहभागी एक सदस्यले खबरहबलाई बताए ।

केही दिन अगाडि एन्फाले ललितपुर जिल्ला फुबटल संघका अध्यक्ष पुरुषोत्तम थापामाथिको कारबाहीको कुराले पनि स्थान पाएको उनले बताए ।  एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको विवादस्पद अभिव्यक्त्तिको समेत बैठकमा कुरा उठेको उनले बताए ।

एन्फा केन्द्रीय सदस्य दाबा लामाले अध्यक्षमाथि ठाडो प्रश्न उठाएपछि त्यसले छलफल निकै लम्बाएको स्रोतले बताएको छ ।

‘दाबाजीले अध्यक्ष शेर्पामाथि औला उठाउँदै ललितपुर जिल्ला अध्यक्षलाई अनुसाशनको कारबाही हुन्छ भने विवादास्पद अभिव्यक्ति दिने तपाईलाई किन कारबाही नगर्ने भन्दै प्रश्न गरेका थिए, ’ स्रोतले भन्यो ।

एन्फा अध्यक्ष शेर्पाले एक अनलाइन सञ्चारलाई दिएको अन्तर्वार्ताको अभिव्यक्तिले तराईका जनताको भावनामा चोट पुगेको भन्दै प्रतिनिधिसभामा  समेत विरोध भएको थियो ।

फुटबलको गभर्निङ बोडीको बैठक बसे पनि कोरोना महामारीले थलिएको फुटबललाई कसरी शुरु गर्ने वा कहिले देखि सुरुगर्न सकिन्छ भन्ने विषयले भने स्थान नपाएको स्रोतले बताएको छ ।

‘आजको बैठकले खासगरी कोरोनाले थलिएको फुटबललाई कसरी, कहिलेसम्म फर्काउने भन्ने छलफल गर्ने अनुमान गरिएको थियो,’ स्रोतले भन्यो, ‘तर, छलफल जति लामो भएपनि त्यसमा सहभागी एक जनाले पनि फुटबलका बारेमा चिन्ता र चाँसो नदेखाउनु नेपाली फुटबलका लागि चिन्ताको विषय हो । कलह र एक अर्काको बचाउ मै कार्य समिति बैठक सम्पन्न हुनु दुखद् हो ।’

बैठकले राष्ट्रिय टोलीका ३५ जना पुरुष र ३५ जना महिला टोलीका सदस्यलाई १५ हजारका दरले सहयोग प्रदान गर्ने निर्णय गरेको छ । एन्फा प्रशिक्षक, एन्फा कर्मचारी र लिग रेफ्रिहहरुलाई १० हजारका दरले राहत दिने निर्णय समेत भएको छ ।

यस्तै, एन्फाको साधारण सभा भाद्र १५ गते गर्ने निर्णय पनि कार्यसमिति बैठकले गरेको छ । कोरोना भाइरसको महामारी नरोकिए भर्चुअल साधारण सभा गर्ने निर्णय समेत भएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ८ : १२ बजे

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल