सगरमाथामा चीनले एकतर्फी सर्भे टोली पठाएकोमा सांसद साहको आपत्ति | Khabarhub Khabarhub

सगरमाथामा चीनले एकतर्फी सर्भे टोली पठाएकोमा सांसद साहको आपत्ति


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले सगरमाथामा चीनले एकतर्फी सर्भे टोली पठाएकोमा आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले नेपाल–चीनबीच सहमति भएर मात्रै सगरमाथामा सर्भे टिम पठाउनुपर्ने भन्दै आपत्ति जनाएका हुन् ।

‘२० मे २०२० मा चीनको अफिसियल पेज जिन्ह्वा कल्चर एण्ड ट्राभल्सले माउन्ट एभरेष्ट सगरमाथा चीनियाँ भाषामा माउन्ट चोमालाङमामा सर्भे टिम पठाएको छ’, उनले भनेका छन् ।

त्यो सर्भे टिम नेपालसँग परामर्श गरेर पठाएको हो कि ? के हो भनेर ध्यानाकर्षण समेत गराएका छन् ।

उनले चिनियाँ टोलीले सगरमाथामा फाइभ जी टावर समेत जडान गरेको बताउँदै नेपाल–चीनबीच सहमति भएर मात्रै सबै कुरा अघि बढाउनुपर्ने जनाएका छन् ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ७ : ०१ बजे

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै