गुल्मीका एक जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज | Khabarhub Khabarhub

गुल्मीका एक जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीबाट एक जना काेराेना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् ।

दाङकाे तुल्सीपुर नगरपालिका घर भई गुल्मीको मदाने गाउँपालिकास्थित बैंकमा कार्यरत ३१ वर्षीय एक पुरुष काेराेना निकाे भएर सोमबार डिस्चार्ज भएका हुन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका प्रमुख भवानी शर्माकाअनुसार उनको पछिल्लो दुई वटा पीसीआर परीक्षणको रिपाेर्ट पाेजेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो ।

कोरोना संक्रमणबाट मृत्यु भएका मदाने गाउँपालिका-६ का ४१ वर्षीय शिक्षकको कन्ट्याक ट्रेसिङका आधारमा उनको पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि उनी एक सातादेखि तम्घासमा बनाइएको आइसोलेसन वार्डमा भर्ना भएका थिए । गुल्मीमा अझै २ जना कोरोना संक्रमित उपचाररत छन् ।

नेपालमा हालसम्म २२१ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ५ : ०८ बजे

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो