नेपालमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १७ सय ९८ पुग्यो | Khabarhub Khabarhub

नेपालमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १७ सय ९८ पुग्यो


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित लाइभ अपडेट मार्फत नेपालमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

डा देवकोटाका अनुसार नयाँ थपिएका संक्रमित मध्ये २१३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७९८ पुगेको छ ।

डा देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा २ जनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु झापा बाह्रदशीका ३२ र ४६ वर्षका पुरुषहरु छन् ।

यस्तै पोखराको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पुर्व कावासोतीका २ जना २२ र ३६ वर्षीय पुरुष, नवलपरासी पुर्वका विनात्रिवेणीका एकजना १४ वर्षीय बालक रहेका छन् ।

डा देवकोटाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ४३ जनाको पोजेटिभ आएको छ ।

उनीहरु दैलेखको नारायण नगरपालिकाका ९ जना १७ देखि ३५ वर्षका पुरुषहरु, दैलेख सिमडाका २ जना २४ र २९ वर्षका पुरुष रहेका छन् ।

यस्तै दैलेख देवाकाडाका ३ जना १८ देखि ३८ वर्षका पुरुष, दैलेख सोतका एकजना र सादुका ३५ र २२ वर्षका पुरुष रहेका छन् ।

यस्तै दैलेखको जुकेपानीका एकजना ६० वर्षका पुरुष रहेका छन् ।

यस्तै दैलेख दुल्लुका ७ जना २३ र ३० वर्षीया २ जना महिला र २ वर्षका बालक देखि ३९ वर्षका पुरुषहरु रहेका छन् ।

यस्तै जुम्ला हिमाका ८ जना ३२ देखि ६३ वर्षका पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा देवकोटाको भनाइ छ ।

डा देवकोटाका अनुसार जुम्लाकै सिम्जाका ९ जना १२ देखि ४५ वर्षका व्यक्तिहरु, जुम्लामा कार्यारत २ जना २७ र ३४ वर्षका पुरुषहरु पनि संक्रमित भएका छन् ।

यस्तै प्रदेश अस्पताल सुर्खेत र पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३२ जनाको पोजेटिभ आएको छ । उनीहरु पनि दैलेख नारायण नगरपालिकाका १६ जना १० वर्षका बालक देखि ३६ वर्षका पुरुषहरु रहेका छन् । यस्तै दैलेखकै एकजना २५ वर्षीया पुरुष, सल्यान वनगाड कुपिन्डेका १० जना २० देखि ४० वर्ष उमेर समुहका पुरुष रहेका छन् । यस्तै सुर्खेत वराहातालका ५ जना २० देखि २६ वर्ष उमेर समूहका पुरुष रहेका छन् ।

यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २० जनाको पोजेटिभ आएको छ । उनीहरु कपिलवस्तु बाह्रगंगाका २ जना ३१ र ३८ वर्षका महिला रहेका छन् । यस्तै रौतहट परौवाका १४ जना १९ देखि ४५ वर्षका पुरुष, रौतहट यमुनामाही गाउँपालिकाका ४ जना २० वर्षीया महिला र २२ र ३५ वर्ष उमेर समुहका ३ जना पुरुष रहेका छन् ।

यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनाको पोजेटिभ आएको छ । उनीहरु बाँके डुडुवाका १७ देखि ३५ वर्षका पुरुषहरु रहेका छन् ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ९ जनाको पोजेटिभ आएको छ । उनीहरु दाङ तुलसीपुर उपमहानगरपालीकाका ५ जना १८ देखि ३२ वर्षीया पुरुष दाङ गढवाका २ जना २४ र ३६ वर्षीय पुरुष, लमहीका १ जना ४० वर्षका पुरुष र राप्ती गाउँपालिकाका एकजना ३६ वर्षका पुरुष रहेका छन् ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल काठमाडौंमा गरिएको परीक्षणमा ९२ जनाको पोजेटिभ आएको छ ।

उनीहरु मध्ये धनुषा धनौजीका ४ जना १८ देखि ४८ वर्ष उमेर समुहका पुरुषहरु, धनुषाको हंशपुरका २ जना १९ र २० वर्षीय पुरुषहरु रहेका छन् ।

यस्तै धनुषाकै जनकपुर प्रादेशिक अस्पतालका एकजना २१ वर्षीय पुरुष, कपिलवस्तु शिवराजको क्वारेन्टाइनमा रहेका १२ जना १९ देखि ५५ वर्षका पुरुषहरु रहेका छन् । यस्तै कपिलवस्तुकै हरिहरपुका ८ जना १९ देखि ३८ वर्ष उमेर समुहका पुरुष, कपिलवस्तु महाराजगञ्जका २ जना ३० र ३३ वर्षका पुरुष रहेका छन् ।

यस्तै कपिलवस्तुकै रंगिलाल माविको क्वारेन्टाइमा रहेका ११ जना १७ देखि ३५ वर्षका पुरुषहरु,कपिलवस्तुकै राष्ट्रिय माविको क्वारेन्टाइनमा रहेका ३ जना ४२ देखि ४८ वर्षका पुरुषहरु र कपिलवस्तुकै रघुसामुदायिक विद्यालयको क्वारेन्टाइनमा रहेका २ जना २७ र ४६ वर्षका पुरुष रहेका छन् ।

यस्तै महोत्तरीका लाहोरपट्टिका क्वारेन्टाइनमा रहेका २ जना १८ वर्षका पुरुषहरु छन् ।

यस्तै मकवानपुरका एकजना ६१ वर्षीय पुरुष, सर्लाहीको जनता माविको क्वारेन्टाइनमा रहेका ५ जना ९ वर्षीया बालिका र २७ वर्ष उमेर सम्मका ४ जना महिला रहेका छन् ।

यस्तै सर्लाहीको जनाता माविको क्वारेन्टाइमा रहेका ३३ जना ११ वर्षका बालक देखि ७५ उमेर समूहका पुरुषहरु रहेका छन् ।

यस्तै सिराहाको ५ जना क्वारेन्टाइनमा रहेका व्यक्तिहरु पनि संक्रमित भएका छन् । उनीहरु १८ देखि ६० वर्ष उमेर समुहका छन् । यस्तै उदयपुरका हाल जनकपुर प्रादेशिक अस्पतालम रहेका एकजना ३१ वर्षीय पुरुष पनि रहेका छन् ।

यस्तै सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा १८ जनाको पोजेटिभ आएको छ ।

उनीहरु अछामका एक वर्षका बालक, कैलालीका १४ जना २ वर्षका बालक देखि २८ वर्षका व्यक्तिहरु रहेका छन् ।उनीहरु मध्ये ३ जना महिला छन् भने ५ वर्षका बालक देखि २७ वर्षका पुरुष रहेका छन् ।

यस्तै वैतडीका एकजना ३४ वर्षका पुरुष, डोटीका एकजना २५ वर्षीय पुरुष र कन्चनपुरका एकजना ११ महिनाका बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म ७१ हजार ९०३ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । जसमध्ये ७० हजार १०५ मा संक्रमण देखिएको छैन ।

अहिले नेपालका विभिन्न जिल्लामा १ लाख १३ हजार ७५७ जना क्वारेन्टाइनमा छन् । त्यस्तै १ हजार ५६९ जना आइसोलेसनमा उपचाररत छन् । संक्रमितमध्ये २२१ जना निको भएका छन् ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ४ : २४ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६