सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका थप १८ जनामा कोरोना पुष्टि | Khabarhub Khabarhub

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका थप १८ जनामा कोरोना पुष्टि


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप 18 जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालले निकालेको विज्ञप्तिका अनुसार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि हिजोसम्म सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २५ जना मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । आज १८ जना थपिए सँगै उक्त प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि गर्नेको संख्या ४३ पुगेको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालाका इन्चार्ज रमेश शाहीका अनुसार नयाँ थपिएका १८ जना संक्रमितमध्ये १४ जना कैलालीका छन् । यस्तै अन्य ४ जना अछाम, डोटी, बैतडी र कञ्चनपुरका हुन् ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  २ : २३ बजे

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप