इण्डोनेसियामा १०० वर्षीया वृद्धाले कोरोना जितिन | Khabarhub Khabarhub

इण्डोनेसियामा १०० वर्षीया वृद्धाले कोरोना जितिन


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इण्डोनेसियामा एक १०० वर्षीया वृद्धा कोरोना भाइरसको सङ्क्रमणपछि पूर्णरुपमा निको भएकी छिन् । स्थानीय सञ्चारमध्यमका अनुसार ती वृद्धा इण्डोनेसियाकी ‘सबैभन्दा बढी उमेरकी’ बिरामी हुन्, जसले कोभिड–१९ लाई हराइन् ।

कामतिम नाम गरेकी ती वृद्धा इण्डोनेसियाको दोस्रो ठूलो शहर सुरबायाको एक सरकारी अस्पतालमा भर्ना भएकी थिइन् ।

झण्डै एक महिनासम्म चिकित्सकको निगरानीमा रहेपछि कामतिमलाई अस्पतालले छुट्टी दिएको हो ।

पूर्वी जावाका गभर्नर खोफिफा इन्दर पारावासनाले भने, ‘कामतिम पूर्णरुपमा ठीक हुँदा अन्य वृद्ध व्यक्तिहरुलाई हिम्मत मिल्नेमा म विश्वस्त छु ।’

कामतिमकी बुहारी सिती अमीनाले समाचार एजेन्सी एएफपीसँगको कुराकानीमा उनले आमा पूर्णरुपमा ठिक हुनुमा सबैभन्दा ठूलो कारण ‘व्यक्तिगत अनुशासन र व्यवहारप्रति दृढता’ नै भएको बताइन् ।

उनले भनिन्, ‘आमाको बारेमा चिकित्सकहरुसँग कुराकानी हुँदा उहाँ निकै साहसी भएको बताउँथे । उहाँलाई बिरामी हुनुको डर थिएन, उहाँ सामग्रीको ध्यान राख्नुहुन्छ र समयमै औषधि लिनेबारेमा निकै सतर्क हुनुहुन्छ । सबैभन्दा ठूलो कुरा उहाँ सधै ठिक हुन चाहनु हुन्थ्यो । यस क्रममा उहाँले एक दिन पनि हिम्मत हार्ने कुरा गर्नु भएन ।’

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको अनुसार इण्डोनेसियामा अहिलेसम्म २६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने एक हजार ६ सय १३ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  २ : ०९ बजे

दोलखामा सय दिने रोजगारीका लागि १५ हजार बढीले दिए आवेदन 

दोलखा– प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि दोलखाका नौ स्थानीयतहका १५ हजार

त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार एवं अधिवक्ता

लुम्बिनीमा बिना विभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी

बुटवल– लुम्बिनी प्रदेशका विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिइएको छ ।

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

काठमाडौं– यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

इलाम पुगेर ओलीले भने : सधैँभरी गठबन्धन गरेर देश बन्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देश बनाउने