लकडाउनले दैनिक १० करोडको क्षति, ६५ प्रतिशत दूधले पाएन बजार | Khabarhub Khabarhub

लकडाउनले दैनिक १० करोडको क्षति, ६५ प्रतिशत दूधले पाएन बजार


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज जुन १, अर्थात् विश्व दूध दिवस । नेपालमा पनि दुग्ध पदार्थ उपभोग वृद्धि गर्ने उद्देश्यले सन् २०११ मा यो दिवस मनाउन थालिएको हो ।

हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गरेर मनाउने गरिएको दूध दिवसमा यस वर्ष भने दुग्ध पदार्थ वितरण गरेर मनाइँदै छ ।

यस वर्षको दूध दिवसमा ७ वटै प्रदेश र जिल्ला समितिलाई दुग्ध पदार्थ वितरण लगायतका कार्यक्रम गर्न निर्देशन दिएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।

बोर्डका अनुसार अस्पताल, बालगृह, वृद्धाश्रम, क्वारेन्टाइन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी बस्ने स्थान लगायतका ठाउँमा दूध तथा दुग्ध पदार्थ वितरण गरिँदैछ ।

राजधानी काठमाडौँको मण्डिखाटारस्थित दिव्य सेवा निकेतनमा आश्रममा रहेका ज्येष्ठ नागरिकलाई एक हप्तासम्म दूध वितरण गरिने भएको छ ।

६५ प्रतिशत दूधले पाएन बजार

कोरोना भाइरस महामारीका कारण चैत ११ गतेदेखि गरिएको लकडाउनले दुग्ध पदार्थको व्यापारमा नकारात्मक असर परेको छ । किसानले उत्पादन गरेको झण्डै १० करोड बराबरको दूध दैनिक खेर गइरहेको नेपाल डेरी एसोसिएसनले जनाएको छ ।

‘अहिले किसानले उत्पादन गरेको दूधमध्ये ३५ प्रतिशतले मात्र बजार पाएको छ, ६५ प्रतिशत खेर गएको छ,’ एसोसिएसनका महासचिव प्रह्लाद दाहालले खबरहबसँग भने, ‘दैनिक १० करोड रुपैयाँ बराबरको दूध खेर गइरहेको छ ।’

कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनको सुरुवाती दिनमा असर कम देखिए पनि होटल र रेष्टुरेन्ट बन्द हुँदा दूध खपत ह्वात्तै घटेको हो ।

‘सुरुवातमा धुलो दूध पनि बनाएका थियौँ, बिक्री नभएका बेलामा धुलो बनाउने र अपुग भएका बेला प्रयोग गर्ने गरिन्थ्यो’ उनले भने, ‘अहिले यस्तो भइदियो कि पुग्दैन भनेर धुलो दूध बनाएर राखौँ, नपुग्ने बेलामै लकडाउन भइदियो ।’

एसोसिएसनमा अहिले करिब ५ अर्बको सामान स्टक रहेको दाहालले बताए । उनले भने, ‘यो उत्पादन ५/६ महिनाभित्र प्रयोग गर्न सकिएन भने खेर जान्छ ।’

दैनिक ७५ हजार लिटर दूध खपत

काठमाडौँ उपत्यकामा मात्र दैनिक १ लाख लिटर दूध वितरण गर्ने दुग्ध विकास संस्थान (डीडीसी) लकडाउनमा दैनिक ७३ हजार लिटर बिक्री गर्दैछ ।

डीडीसी सरकारको पूर्ण स्वामित्वमा रहेको संस्थान हो । लकडाउनमा दुग्ध पदार्थ ढुवानीमा कुनै समस्या नरहेको डीडीसीले जनाएको छ । लकडाउनले उत्पादन नघटेको तर बजारीकरणमा समस्या रहेको संस्थानका उपमहानिर्देशक राजेन्द्र अधिकारीले बताए ।

‘कोरोना भाइरससँग प्रतिरोधात्मक क्षमता बढाउन जति दूध र दुग्ध पदार्थ खपत हुनुपर्ने हो त्यो भएको छैन’ उनले भने, ‘उपत्यकामा भएको जनसंख्या घटेको छैन तर त्यो अनुसार खपत भएको छैन ।’

दुग्ध विकास संस्थानले किसानको दूधको मूल्य घटाएर कर्मचारीलाई ‘कोरोना भत्ता’ खुवाएको भन्ने जिज्ञासामा अधिकारीले किसानले पाउने मूल्य नघटेको बताए । उनले भने, ‘मन्त्रालयबाट २०७६ साल भदौ २१ गते दूधको मूल्य वृद्धि भएको थियो, त्यही समर्थन मूल्यमा बिक्री प्रवर्द्धन भइरहेको छ, किसानको उत्पादनमा मूल्य घटाउने योजना छैन ।’

संस्थानले बजारमा खपत नभएको दूधबाट धुलो दूध बनाइरहेको छ । चौँरीको दूधबाट चीज बनाइरहेको पनि उनले बताए ।

‘विशेषगरी चैतदेखि भदौसम्म दूध उत्पादन र संकलन बढ्नुपर्ने बेला हो तर कोरोना भाइरसका कारण दूध खपत हुन सकेको छैन,’ दाहालले भने, ‘अहिले १ अर्बभन्दा बढीको उत्पादन स्टकमा छ, त्यसको व्यवस्थापन गर्ने भन्ने कुरा छ ।’

दूध बिक्दैन, दाना पाइँदैन, दिवसको के अर्थ !

संघीय र प्रदेश सरकारले दूध दिवस मनाइरहँदा किसान भने लकडाउनबाट मारमा परेको बताउँछन् ।

दैनिक ५ सय लिटर दूध उत्पादन गर्ने नवलपरासीका ७० वर्षीय किसान खेमराज पौडेल लकडाउन घिउ बनाइरहेका छन् । ‘कहिलेकाहीँ डेढ सय लिटरसम्म दूध बजारमा जान्छ,’ उनले खबरहबसँग भने, ‘दूध धेरै भएर घिउ बनाउन पनि समस्या भएको छ ।’

पौडेलले लकडायनका कारण गाईलाई आहारा पुर्‍याउन समस्या भएको बताए । उनले भने, ‘दूध बिक्दैन, रोजीरोटी नै गुम्ने भइसक्यो, वस्तु फुकाएर धपाउने बेला हुन लागिसक्यो ।’

बजरमा पुगेको दूधको पैसा हातमा लिन नपाएको पनि कतिपय किसानको भनाइ छ । लकडाउनले देशभरका करिब ५ हजार व्यावसायिक पशुपालक किसान मर्कामा परेका छन् । समस्या दूध बेच्न पाइएन भन्ने मात्र छैन । दाना र पराल अभावले गाई फुकाएर धपाउने कि गोठमा भोकै मार्ने भन्ने चिन्ता परेको छ ।

एकातिर उनीहरूले दूध बगाउनु परेको छ भने अर्कातिर दाना नपाएर गाईभैँसी भोकै पर्न थालेका छन् ।

धेरै किसान दूध दिवसमा सडकमै दूध पोख्न बाध्य छन् ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  १२ : २१ बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,