कैलालीमा बाढीले बगाउँदा २ जना बेपत्ता | Khabarhub Khabarhub

कैलालीमा बाढीले बगाउँदा २ जना बेपत्ता


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको चुरे गाउँपालिका वाड नं. १ मिलनपुरमा बाढीले बगाउदा २ जना बेपत्ता भएका छन् ।

रातभर परेको अविरल बर्षाले सोमबार बिहान करिब ४ बजेतिर खोलाको छेउमा पालमुनि अस्थाई शिबिर बनाई बसेका मजदुरलाई बगाएको ईलाका प्रहरी कार्यालय फल्टुडेले जनाएको छ ।

सहजपुर बोक्टान खण्डमा काम गर्ने १६ जना मजदुरले पातली खोलाको किनारामा पालमुनी अस्थाई शिविर बनाएर बसेका थिए ।

बाढीले बेपत्ता हुनेमा कन्चनपुर जिल्ला कृष्णपुर नगरपालिका गुलरियाका ४० वर्षीय कमल थापा सोही स्थानका २४ वर्षीय गोपाल बि.क रहेको ईलाका प्रहरी कार्र्यालय फलटुडेका प्रहरी निरिक्षक माधब विश्वकर्माले बताए ।

बेपत्ता भएका कमल थापाका छोरा पुष्कर थापासहित १४ जना मजदुर सुरक्षित रहेको समेत निरिक्षक विश्वकर्माले बताए उनले भने, ‘पानी निरन्तर परिरहेको छ, प्रहरीसंग छाता बाहेक अन्य केही सुरक्षा सामाग्रीहरु नहुँदा खोजी कार्य जारी रहेपनि बेपता व्यक्तिहरु भेटाउन सकिएको छ्रन् ।’

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ११ : १५ बजे

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए