गाउँमा रोग सर्ने डरले स्थानीयले विद्यालयलाई क्वारेन्टाइन बनाउन दिएनन् « Khabarhub

गाउँमा रोग सर्ने डरले स्थानीयले विद्यालयलाई क्वारेन्टाइन बनाउन दिएनन्


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

जुम्ला- फैलिँदो कोरोना भाइरसले भारतबाट गृह जिल्ला जुम्ला आउने नागरिक अत्यधिक मात्रमा वृद्धि भएपछि अहिले कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टाइन भरिभराउ छ ।

त्यहाँको क्वारेन्टाइनले थेक्न सक्ने अवस्था नभएपछि सरकारको नीतिअनुसार स्थानीय तहले सामुदायिक विद्यालयमा क्वारेन्टाइन निर्माण गर्न खोजेपछि स्थानीयवासीले विरोध गरी अवरोध गर्ने गरेका छन् ।

कोरोना भाइरस सर्ने डरले गाउँबस्ती नजिक क्वारेन्टाइन बनाउन नहुने भन्दै स्थानीयवासीले विरोध गरेका हुन् । अहिले कर्णाली प्राविधिक शिक्षालय, दुर्गा मावि लाम्रा र सरस्वती मावि कुडारी गरी तीन वटा क्वारेन्टाइनमा ३८३ नागरिक बसेका छन् ।

बाहिरबाट आउने नागरिकको सङ्ख्या बढ्न थालेपछि सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाउने सरकारको नीतिअनुसार क्वारेन्टाइन बनाउन खोज्दा स्थानीयवासीले विरोध गरेको चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले बताए । उनले भने “राज्य यतिबेला सङ्कटमा छ । सबै सहयोग सर्मथन र हातेमालो गरी कोरोना भाइरसको नियन्त्रण र रोकथाम गर्नुपर्ने बेलामा जानेबुझेकै व्यक्तिले असहयोग गर्ने गरेका छन् ।”

स्थानीयवासीलाई सम्झाउन र कुरा बुझाउन खोज्दा पनि बुझ्ने प्रयास नगरेको उनले टिप्पणी गरे ।

चन्दननाथ नगरपालिका–१० कार्तिकस्वामीस्थित जनज्योति मावि र ९ नम्बर वडा श्रीढुस्कास्थित शम्भुनाथ ज्ञानकुञ्ज माविमा क्वारेन्टाइन बनाउन खोज्दा स्थानीयवासीले अवरोध गरेको उनले बताए ।

नगरपालिका–१० कार्तिकस्वामीका पदमबहादुर शाहीका अनुसार गाउँबस्ती नजिक क्वारेन्टाइन बनाउन नहुने भन्दै स्थानीयवासीले विरोध गरेका हुन् । उनले भने, ‘आइसोलेसन केन्द्र र अस्पताल नजिकका विद्यालयमा क्वारेन्टाइन बनाउन छोडेर टाढाका विद्यालयमा बनाउन खोज्दा स्थानीयवासीको विरोध हुनु स्वाभाविक हो । रोग सर्ने डरले गाउँबस्ती नजिक क्वारेन्टाइन बनाउनु हुँदैन । यसबाट नागरिक त्रसित छन् ।’

लकडाउन अवधिभर जुम्लामा १२ हजार ९२ नागरिक भित्रिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस अवधिमा एक हजार २७३ जना क्वारेन्टाइनबाट घर फिर्ता भएका छन् । एक हजार ६८४ को पिसिआर परीक्षण हुँदा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ११ : ०६ बजे

दुधौलीको मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी

सिन्धुली– दुधौली नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) का दिनेश अधिकारी

खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

मुगु– जिल्लाको खत्याड गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्र

गठबन्धनले भत्कायो एमालेको गढ, खैरहनीको मेयरमा कांग्रेसका खनिया निर्वाचित

चितवन- पाँच दलीय गठबन्धनले पूर्वी चितवन खैरहनीमा नेकपा एमालेको गढ

बालात्कार र यौन दुर्व्यवहारको आरोपमा बेलायती सांसद पक्राउ

काठमाडौँ- बलात्कार र यौन दुर्व्यवहारको आरोपमा बेलायतमा कन्जरभेटिभ पार्टीका एकजना

पिकअप र बस ठोक्किँदा एक जनाको मृत्यु, चालकसहित दर्जन घाइते

सर्लाही- पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको बाँके जङ्गलमा बोलेरो पिकअप र