भारतमा आजदेखि लकडाउन खुकुलो | Khabarhub Khabarhub

भारतमा आजदेखि लकडाउन खुकुलो


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  भारतमा ६८ दिनदेखि जारी लकडाउन आजदेखि केही खुकुलो भएको छ ।

संक्रमित र मृतकको संख्या बढ्दै गए पनि भारतले ६८ दिन लामो लकडाउन क्रमश खुकुलो पार्दै हटाउँदै जाने निर्णय गरेको छ ।

यद्यपि कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या भने घटेको छैन ।

भारतमा लगातार तेस्रो दिन २०० भन्दा बढीको मृत्यु भएको छ । आइतबार त्यहाँ २२३ जनाको मृत्यु भएको छ । यसअघि शनिबार २०५ र शुक्रबार २६९ जनाको मृत्यु भएको थियो ।

भारतमा तीन दिनदेखि दैनिक संक्रमित पनि आठ हजारमाथि भेटिएका छन् । आइतबार आठ हजार ७८२ नयाँ संक्रमित फेला परेका थिए । शनिबार आठ हजार ३३६ र शुक्रबार आठ हजार १०५ संक्रमित फेला परेका थिए ।

संक्रमितको संख्या १ लाख ९० हजार ६०९ र मृतक संख्या ५ हजार ४०८ पुग्दा पनि सरकारले बन्दाबन्दी क्रमशः हटाउँदै जाने निर्णय गरिसकेको छ ।

लकडाउन खुकुलो बनाइदै लाने क्रममा पहिलो चरणलाई ‘अनलक १’ नाम दिइएको छ । आजबाट ‘इ पास’ र पूर्व स्वीकृति नलिइ एक जिल्लाबाट अर्को जिल्ला आवातजावत गर्न पाइने छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ८ : ५६ बजे

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको

डा हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको

बागमती प्रदेश सरकार विस्तार

हेटौंडा– बागमती प्रदेश सरकार विस्तार भएको छ ।  मुख्यमन्त्री शालिकराम