बाँके दुर्घटना : मृतक संख्या १२ पुग्यो, घाइते २१ मध्ये ३ जनाको अवस्था गम्भीर | Khabarhub Khabarhub

बाँके दुर्घटना : मृतक संख्या १२ पुग्यो, घाइते २१ मध्ये ३ जनाको अवस्था गम्भीर


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी – २ ठुरियामा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा फोर्स गाडी दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै र १ जनाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बाँके प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा अरू २१ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर छ ।

भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट सल्यान गईरहेको अवस्थामा दुर्घटना भएको हो । दुर्घटनामा सवारी चालक समेत गरि जनाको १२ को मृत्यु भएको छ । मृतकमध्ये ११ पुरूष र १ महिला छन् ।

भारतबाट फर्किएकाहरूलाई सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरेर पठाइने गरिएकाले मृतक सबै सल्यानकै हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ६ : ३८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०