लक्षण नदेखिएका व्यक्तिको कोरोना परीक्षण नगर्ने योजना बन्दै | Khabarhub Khabarhub

लक्षण नदेखिएका व्यक्तिको कोरोना परीक्षण नगर्ने योजना बन्दै

 लक्षण भएकाको पनि परीक्षण एक पटकमात्र


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोरोना संक्रमतिको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिएकाहरुको कोरोना परीक्षण नै नगर्ने नीति बनाउन लागेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले लक्षण नदेखिएकाहरुको कोरोना परीक्षण नगर्ने विषयमा स्वास्थ्य मन्त्रालयमा छलफल भएको जानकारी दिएका हुन् ।

‘अहिले लक्षणविहीनहरुको टेष्ट गर्नुभन्दा लक्षण देखिएकाहरुलाई परीक्षण गरेर उपचारको दायरामा ल्याउनुपर्ने देखिन्छ,’ डा. पाण्डेले खबरहबसँग भने, ‘ लक्षण नभएका व्यक्तिहरुलाई सम्भव भए अस्पतालमा राख्ने नभए होम क्वारेन्टाइनमै राख्ने भनेर छलफल भएको हो । निर्णय भइसकेको भने होइन ।’

डा. पाण्डेका अनुसार भाइरस १ महिनामा पनि पोजेटिभ देखिनु भनेको भाइसरमा हुने जिनको टुक्रा मात्र हो । त्यस्तो भाइरसले संक्रमण बढाउन नसक्ने भएकाले लक्षणविहीन संक्रमितहरुको कोरोना परीक्षण नगरिने उनले बताए ।
डा. पाण्डेका अनुसार विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि, स्वास्थ्य मन्त्रालय र अन्य विज्ञहरुको टोलीहरुबीच यस विषयमा छलफल भएको हो ।

सरकारले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिलाई आइसोलेसनमा भर्ना गर्ने गरेको छ । यस्तै आइसालेनसमा भर्ना भएको हरेक सातामा संक्रमितको कोरोना परीक्षण हुने गरेको छ ।

दुईपटक कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई मात्र स्वास्थ्य मन्त्रालयले कोरोना निको भएको घोषणा गर्दै आएको छ । आइसोलेसनमा भएका संक्रमितको लगातार दुई पटकको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गर्ने गरेको छ । उनीहरुलाई अस्पतालबाट डिस्चार्ज भए पनि थप २ साता घरमा समेत क्वारेन्टाइनमा राख्ने गरिएको छ ।

तर स्वास्थ्य मन्त्रालयले अबदेखि भने आइसोलेसनमा भर्ना भएका कोरोना संक्रमितलाई लक्षणविहीन भएपछि कोरोना परीक्षण नै नगरी डिस्चार्ज गर्ने योजना बनाउन लागेको छ ।

अबदेखि लक्षण देखिएका कोरोना संक्रमितको एकपटक मात्र कोरोना परीक्षण हुनेछ ।

डा. पाण्डेका अनुसार कोरोना संक्रमण देखिएका व्यक्तिहरुको अब डिस्चार्ज हुने समयमा कोरोना परीक्षण नगरिने विज्ञहरुबीच छलफल भएको हो ।

‘अहिलेसम्म कोरोना संक्रमितको हरेक साता परीक्षण हुन्थ्यो, घर पठाउने बेलामा पनि दुईपटक जाँच गरेर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइन्थ्यो,’ डा. पाण्डेले भने, ‘ अबदेखि संक्रमितलाई १० दिनसम्म आइसोलेनमा राख्ने र लक्षण नभएको तीन दिनपछि टेष्ट नगरी डिस्चार्ज गर्ने भनेर छलफल भइरहेको छ ।’

डा. पाण्डेका अनुसार विश्व स्वास्थ्य संगठनले नै पछिल्लो समय लक्षणविहीनहरुको कोरोना परीक्षण गर्न नपर्ने बताएकाले नेपालमा पनि लक्षण नदेखिएकाहरुको कोरोना परीक्षण नगरिने विषयमा छलफल भएको छ ।

नेपालमा हालसम्म १ हजार ५७२ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये अघिकांश संक्रमितहरु लक्षणविहीन रहेका छन् । हालसम्म नेपालमा कोरोनाका कारण ८ जनाले ज्यान गुमाइसकेका छन् ।

भारतबाट आउने सबैको परीक्षण गरौं

नेपालमा भारतबाट आउनेहरुबाट कोरोनाको जोखिम बढेको हुँदा उनीहरु सबैको पीसीआर विधिबाट कोरोना परीक्षण गर्नुपर्ने सुझाव दिएका छन् ।

स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिएका व्यक्तिहरु कोरोना परीक्षण नै नगर्ने विषयमा छलफल गरिरहँदा विज्ञहरुले भारतबाट आउने सबैको कोरोना परीक्षण गर्नुपर्ने बताएका हुन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले भारतीय सीमाबाट नेपालीहरु आउने क्रम नरोकिएकाले नेपालमा कोरोना संक्रमित अझै थपिन सक्ने बताए ।

“भारतीय सीमाबाट नेपालीहरु आउने क्रम रोकिएको छैन, त्यसैले सीमाबाट आउनेहरुलाई पीसीआरबाट कोरोना परीक्षण गरेर पोजेटिभ र नेगेटिभ भएकालाई छुट्टाछुट्टै क्वारेन्टाइनमा व्यवस्थापन गर्नुपर्छ,” डा. पुनले भने, “अहिले संक्रमित बढ्दै गएको अवस्था र भारतबाट नेपालीहरु आउने क्रम नरोकिएको अवस्थालाई हेर्दा नेपालमा संक्रमितको संख्या झनै बढ्ने देखिन्छ, सरकारले यसको नियन्त्रणका लागि सोही अनुसारको तयारी गर्नुपर्छ ।”

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ९ : ३१ बजे

कतारका अमिर स्वदेश फिर्ता

काठमाडौं– मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी

‘डिप फेक’को शिकार बने रणवीर  

काठमाडौं– एकपछि अर्को गर्दै बलिउड कलाकारहरु ‘डिप फेक’ भिडियोको शिकार

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका