सीमामा अलपत्र नेपालीहरुको उद्धार गर्न आग्रह | Khabarhub Khabarhub

सीमामा अलपत्र नेपालीहरुको उद्धार गर्न आग्रह


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसको तरुण विभागले सीमामा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ ।

विभाग प्रमुख शङ्कर भण्डारीले आज एक विज्ञप्ती जारी गरी विश्वभर रहेका नेपालीको सुरक्षाका लागि सरकार जिम्मेवार बन्नुपर्ने बताएका हुन ।

“नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा ४५ मा देश निकाला विरुद्धको हक सुनिश्चित गरेको हुँदा सरकारले सबै नागरिकलाई समान व्यवहार गर्दै सीमामा अलपत्र परेका नेपालीको उद्धारमा जुट्न आग्रह गर्दछु”, विज्ञप्तिमा भनिएको छ ।

संविधानको धारा १६ मा प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाच्न पाउने हक र धारा ५२ ले राज्यले नागरिकप्रति निर्वाह गर्नुपर्ने दायित्व तोकेको भन्दै उहाँले संविधानबाट प्रत्याभूत अधिकारलाई कुण्ठित गर्ने गरी नागरिकलाई देश पस्न नदिनु, अवरोध खडा गर्नु अत्यन्त दुःखद् विषय भएको उल्लेख गरेका छन् ।

पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका भण्डारीले विश्वका अन्य देशले आफ्ना नागरिक खोजीखोजी हवाई जहाजमार्फत स्वदेश फर्काउँदासमेत नेपाल सरकारले सीमामा अलपत्र रहेका नेपालीको उद्धार नगर्नु गैर दुःखद भएको विज्ञप्तिमा भनेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ९ : ३० बजे

कतारी अमिरको भ्रमण : खाली गरियो काठमाडौंको सडक, निजी साधन चलाउन रोक

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी सवार जहाज

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

चीन– चीनमा संस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृतिक तथा पर्यटन उपभोग

जब असईले चेकजाँच गरिरहेको बन्दुकबाट गोली चल्यो…

चेकजाँचका क्रममा बन्दुकबाट गोली चलेपछि बझाङमा कार्यरत एकजना असई निलम्बनमा

गेटा आँखा अस्पतालमा सत्र हजारको आँखाको शल्यक्रिया   

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले नौ महिनामा

मोदी बोले : कांग्रेसको शासनमा हनुमान चालिसा सुन्नु पनि अपराध हुन्थ्यो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि एक पटक हिन्दुत्वको कार्ड फ्याँकेर