स्पेनमा कोरोनाभाइरस संक्रमितको संख्या एक लाख नाघ्यो | Khabarhub Khabarhub

स्पेनमा कोरोनाभाइरस संक्रमितको संख्या एक लाख नाघ्यो


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । बुधबार स्पेनमा थप ६ हजार २ सय १३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख नाघेको हो ।

हालसम्म स्पेनमा कोरोना भाइरससंक्रमितको संख्या १ लाख २ हजार १ सय ३६ पुगेको जनाइएको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपियन मुलुकहरुमा संक्रमणको दर रोकिएको छैन ।

स्पेनमा ज्यान गुमाउनेको संख्या ९ हजार ५३ पुगेको छ ।

स्पेनमा कोरोना संक्रमितमध्ये २२ हजार ६ सय ४७ जना उपचारपछि निको भएका छन् । ५ हजार ८ सय ७२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ७० हजार ४ सय ३६ जना उपचाररत छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ६ : २४ बजे

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले

कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्म कैद

नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्म कैदको फैसला भएको

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं– सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार

बिहारको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं– भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका प्रतिवादीको निवेदनमाथि सुनुवाइ सकियो

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी सहितका