युरोपमा कोरोनाभाइरसबाट ३० हजार बढीको मृत्यु | Khabarhub Khabarhub

युरोपमा कोरोनाभाइरसबाट ३० हजार बढीको मृत्यु


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस-कोरोनाभाइरस महामारीका कारण युरोपेली मुलुकहरुमा मात्र ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

सरकारी विवरणका आधारमा एएफपीले गरेको गणनामा दुई तिहाईभन्दा बढीको मृत्यु इटाली र स्पेनमा भएको उल्लेख छ ।

कोविड–१९ बाट युरोपमा चार लाख ५८ हजार ६०१ जना संक्रमित भएका र ३० हजार ६३ जनाको मृत्यु भएको देखिएको छ । इटालीमा मात्र १२ हजार ४ सय २८ जनाको ज्यान गएको छ । दोस्रो स्थानमा रहेको स्पेनमा ९ हजार ५३  जना र फ्रान्समा ३ हजार ५ सय २३ जनाको मृत्यु भएको छ ।

जोन हप्किन्स विश्वविद्यालयको गणनामा संयुक्तराज्य अमेरिकामा ४ हजार ७६ जनाको मृत्यु भइसकेको विवरण सार्वजनिक भएलगत्तै युरोपको विवरण बाहिर आएको हो ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ६ : १३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन