खुला सीमाबाट भारत प्रवेश गर्न खोज्ने ३५० भारतीय पक्राउ | Khabarhub Khabarhub

खुला सीमाबाट भारत प्रवेश गर्न खोज्ने ३५० भारतीय पक्राउ


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पैदल हिँडेर खुला सीमा क्षेत्रबाट स्वदेश जान खोज्ने ३ सय ५० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले इनरुवा नाकाबाट भारत प्रवेश गर्न खोज्ने ३ सय ५० जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तका अनुसार पक्राउ परेकाहरु पोखरा, चितवन लगायत क्षेत्रबाट पैदल हिँडेर वीरगन्ज आइपुगेका हुन् ।

मंगलबार मध्यराति भारत प्रवेश गर्न खोज्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको एसपी पन्तले बताइन् ।

पक्राउ परेकालाई अहिले वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पस र अर्को एक छात्रबासमा राखिएको छ ।

उनीहरुलाई आएको ठाउँमै फिर्ता पठाउने वा वीरगन्जमा नै क्वारेनटाइनमा राख्ने भन्ने विषयमा छलफल भइरहेको एसपी पन्तको भनाइ छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  १० : ३१ बजे

मनकामना केबलकार शुक्रबार बन्द हुने

नारायणगढ– मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

गोदार– जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ

सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र

राँझा– बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

पौडी खेल्दा डुबेर एक जनाको मृत्यु

दैलेख– दैलेखमा पौडी खेल्दा डुबेर एक जनाको मृत्यु भएको छ