कोरोना संक्रमित फुटबलरको अनुभव : मैले दोस्रो जीवन पाएँ | Khabarhub Khabarhub

कोरोना संक्रमित फुटबलरको अनुभव : मैले दोस्रो जीवन पाएँ


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले नोबेल कोरोना भाइरस (कोभिड–१९) ले विश्वभर महामारीका रुपमा फैलाइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण युरोप र अमेरिकामा बढी फैलिएको छ ।

८ लाख ५८ हजारबढी संक्रमित भएको यो महामारीबाट ४२ हजारबढीले ज्यान गुमाइसकेका छन् ।

कोरोनाले महामारीको रुप लिएपछि विभिन्न राष्ट्रहरु अहिले लकडाउनको अवस्थामा छन् । पछिल्लो समय स्पेन र इटालीमा ठूलो संख्यामा मानिसहरुको हताहति भएको छ ।

जसरी कोरोनाको महामारी फैलाइरहेको छ । मानिसहरु सबै कुरालाई पन्छाउँदै आफ्नो र आफ्नो परिवारको स्वास्थ्यका लागि संघर्ष गरिरहेका छन् ।

कोरोनाले धनी, गरीब, नेता कार्यकर्ता, शिक्षित, अशिक्षित भनेर कसैलाई वर्गिकरण गरेको छैन् । समाजका सबै वर्ग, जात र धर्मका मानिसहरुमा यसको संक्रमण भेटिसकेको छ ।

कोरोनाबाट हजारौंले ज्यान गुमाउँदा र लाखौंमा संक्रमण भेटिँदा यो रुपले नै अन्य मानिसलाई पनि कमजोर बनाइ सकेको छ । तर, कोरोनासँग जितेका स्पेन तथा एस्टोन भिल्लाका गोलकिपर पेपे राइनाले दोस्रो जीवन पाएको अनुभूति भएको बताएका छन् ।

कोरोना संक्रमणबाट गुज्रिँदाको क्षण र निको भएपछि प्राप्त खुसीको अनुभव साटेका छन् । उनले इटालीयन पत्रिकामा गरेको कुराकानीमा आफूले दोस्रो जीवन पाएको कुरा साटेका छन् ।

राइनाले आफ्नो जीवनको सबैभन्दा कठिन समयका रुपमा कोरोना संक्रमण पछिको समयलाई लिएका छन् ।

पहिलो पटक यसको लक्ष्यण आफुमा देखिँदा निकै कठिन भएको र जीवन लागि संघर्षगर्नु परेको उनले बताएका छन् ।

३७ वर्षीय गोलकिपर कोभिड १९ संक्रमणको सुरुवात हुँदा आफ्नो जीवनको ‘अन्तिम मिनेटको डर’ का रुपमा बताएका छन् ।

‘मेले कोरोना भाइरसविरुद्धको युद्ध जितेको छु,’ इटालीयन पत्रिका कोरिरेर स्पोटसँग भने, ‘मेरा लागि सबैभन्दा कठिन समय तब भयो जब मैले राम्रोसँग श्वास लिन सकिरहेको थिइँन । त्यो २५ मिनेट जसमा मैले अक्सिजन नै लिन पाइन । यो मेरो जीवनको सबैभन्दा भयानक क्षण थियो ।’

‘मेरो घरको क्षेत्रफल धेरै छ । त्यहाँ मेरी श्रीमती योलान्ड र पाँच छोराछोरी छन् । उनीहरुसँको सम्झना मलाई खासै छैन,’ राइनाले आफ्नो अनुभव सुनाउँदै भनेका छन्, ‘कोभिड १९ को लक्ष्यण पहिलो पटक देखिँदा निकै थकित महसुस भएको थियो । ज्वरो, सुख्खा खोकी र टाउको दुख्नेले मलाई कहिलै छाडेन । थकाई लगातार महसुस भइरयो ।’

जब अक्सिजन लिन पाइन त्यसपछि मात्रै उनलाई झन कठिन भयो । जुन पीडा उनले यसअघि कहिलै महसुस गरेका थिएनन् । ‘जब मेरो शरीरमा अक्सिजन जान छाड्यो भन्ने जानकारी पाए त्यो हरलाग्दो यथार्थ थियो । अन्तिम मिनेट जस्तै भयो । लाग्थ्यो मेरो घाँटी नै बन्द गरिएको छ,’ आफुले भोगेको पीडा सुनाउँदै उनले अगाडि थपे, ‘संक्रमण पुष्टी भएपछिको ६ देखि ८ दिन घरभित्रै बसे । संक्रमण पुष्टी भएपछिको ६ देखि ८ दिन घरभित्रै बसे ।’

कोरोनाको संक्रमणबाट गुज्रिरहेका राइनाले पछिल्लो १ साता सधैभन्दा फरक भएको बताए । ‘यो निकै फरक हप्ता रह्यो । आफुसँग भएका मानिसहरुलाई नसरोस् भन्नेमा सावधानी पनि बढी नै अपनाएको थिए,’ रायनाले भने, ‘डाक्टरहरुसँगको सल्लाहपछि, जब मैले लक्षण पत्ता लगाए, यसको प्रमाणित हुनु अघि पनि यसलाई केन्द्रित सावधानी अपनाएको थिए ।’

अहिले विश्व स्वास्थ्यले सबैको ध्यान तानेको छ । कसैले पनि फुटबलमा ध्यान दिएको छैन् । प्रिमियर लिग पनि अप्रिल ३० सम्म बन्द भएको छ ।

कोरोनाको संक्रमण हुनु अगाडि अर्थात् सबै कुरा ठीक हुँदा आफुलाई पनि खेल्न र फुटबल मन पर्ने बताएका उनी अहिले सबैभन्दा ठूलो कुरा स्वास्थ्य हो भन्ने निक्यौलामा पुगेको बताएका छन् ।

उनले आजभोलि फुटबल प्राथमितामा नरहेको स्पष्ट पारेका छन् । लिगको समापन पनि प्राथमितामा नरहेको त्यतिमात्रै होइन पैसा पनि प्राथमिकतामा हुनु हुँदैन अहिलेको अवस्थामा मानिसहरुको स्वास्थ्य नै सबैभन्दा पहिलो प्राथमितामा पर्नु पर्ने बताएका छन् । डेली मेलबाट अनुवादित

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ८ : ५२ बजे

हुम्लाको चंखेलीका तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त

हात्तीपाइलेविरुद्ध साझा अभियान

महोत्तरी– मान्छेलाई अशक्त, अपाङ्ग र कुरुप बनाउने घातक रोग हात्तीपाइले

१६औं योजना : समृद्धिका ४० राष्ट्रिय लक्ष्य (सूचीसहित)

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) मा समृद्धिका

कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति

टीकापुर– कैलालीका विभिन्न ठाउँमा आगलागी भएको छ । बुधबार मात्रै

सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा इरानी र्‍यापरलाई मृत्युदण्ड !

काठमाडौं– सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई