स्पेनमा कोरोना संक्रमितको संख्या करिव एक लाख | Khabarhub Khabarhub

स्पेनमा कोरोना संक्रमितको संख्या करिव एक लाख


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । संक्रमितको संख्या ९५ हजार ९ सय २३ जना भन्दा बढी पुगेको जनाइएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपियन मुलुकहरुमा संक्रमणको दर रोकिएको छैन ।

स्पेनमा पछिल्लो २४ घण्टामा मात्रै ७ सय ४८ जनाले ज्यान गुमाएका छन् । यो सँगै स्पेनमा ज्यान गुमाउनेको संख्या ८ हजार ४ सय ६४ पुगेको छ । त्यस्तै एकै दिन ७ हजार ९ सय ६७ जना नयाँ संक्रमित देखिएका छन् ।

योसँगै स्पेनमा ९५ हजार ९ सय २३ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १९ हजार २ सय २५ जना उपचारपछि निको भएका छन् । ५ हजार ६ सय ७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ६८ हजार २ सय उपचाररत छन् ।

कोरोना भाइरसका कारण संक्रमितको संख्या विश्वमा ८ लाख ५६ हजार ९ सय १० पुगेको छ । एकै दिन ७२ हजार १ सय ७२ जनामा संक्रमण देखिएको जनाइएको छ ।

विश्वव्यापी रुपमा एकैदिन ४ हजार ३ सय ३४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ । संक्रमितमध्ये १ लाख ७७ हजार १ सय ४१ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ६ : ३० बजे

साथीको हत्या गरी फरार अभियुक्त २१ वर्ष पछि पक्राउ

काठमाडौं–  साथीको हत्या गरी फरार रहेका अभियुक्त २१ वर्ष पछि

एकीकृत समाजवादीको महाधिवेशन केन्द्रित मस्यौदा समितिको बैठक जारी 

काठमाडौं–  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ केन्द्रीय महाधिवेशन

प्रधानमन्त्रीको फैसला : रविविरुद्ध प्रमाण पुगेन !

काठमाडौं- कुनै पनि फौजदारी कसुरबारे प्रहरी कार्यालयमा जाहेरी परेपछि त्यसलाई

४ वर्ष सदन अवरोध गर्न काङ्ग्रेसलाई गृहमन्त्रीको चुनौती

काठमाडौं– गृहमन्त्री रबि लामिछानेले ४ वर्ष सदन अवरोध गर्न काङ्ग्रेसलाई

एक सातामा काभ्रेका अठार स्थानमा आगलागी

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोका विभिन्न अठार स्थानमा आगलागी हुँदा जनधनको क्षति भएको