भैरहवालाई ईपीएल च्याम्पियन बनाउने लक्ष्यसहित तयारीमा लाग्छु : प्रशिक्षक दसानायके | Khabarhub Khabarhub

भैरहवालाई ईपीएल च्याम्पियन बनाउने लक्ष्यसहित तयारीमा लाग्छु : प्रशिक्षक दसानायके


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत भैरहवा ग्लाडियर्टसका खेलाडीलाई प्रशिक्षण दिन राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दसानायके नेपाल आइपुगेका छन् ।

४ वर्षपछि नेपाल फर्किएका उनी ईपीएलको यो सिजनमा भैरहवाको प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् । उनी सोमबार भैरहवा जानेछन् ।

भैरहवा राष्ट्रिय टोलीका अनुभवी मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकर कप्तानीमा रहेको छ । ४ जना विदेशी खेलाडी र ५ जना राष्ट्रिय टोलीका खेलाडीसहित बनेको टोलीको प्रशिक्षणका लागि उनी नेपाल आएका हुन् ।

टोलीलाई च्याम्पियन बनाउने लक्ष्य रहेको दासानायकेले बताए ।

‘मलाई ४ वर्षपछि नेपाल फर्काएकोमा भैरहवालाई धन्यवाद । मैले नेपाली क्रिकेट खेलाडी, समर्थक र सम्पूर्ण क्रिकेट प्रेमीको माया पाएको छु,’ दासानायकेले भने,‘ ४ जना विदेशी खेलाडी र यहाँका स्थानीय खेलाडीसहित टोली राम्रो बनेको छ । हामी च्याम्पियन लक्ष्यसहित तयारीमा लाग्ने छौं ।’

भैरहवाले श्रीलंकाका जीवन मेन्डेस र मिलिन्डा श्रीवार्दाना, ओमानका बिलाल खान र ड्यान स्मिथ रहेका छन् ।

भैरहवाको टीम बनाउँदा आफूले छलफलबाटै खेलाडी छानेको बताए । विदेशी खेलाडीहरु मार्च १२–१३ मा काठमाडौं आइपुग्ने उनले बताए ।

‘हामी खेलाडीसँग सम्पर्कमै छौं । उनीहरु १२–१३ मार्चमा काठमाडौं आइपुग्नेछन्,’ दासानायकेले भने,‘उत्कृष्ट खेलाडी मध्येका उनीहरु टिममा आउँदा टोली बलियो बन्नेछ । टीमको पहिलो खेलभन्दा ३ दिन अगाडि टोलीमा सामेल हुनेछन् ।’

भैरहवाले सोमबारदेखि ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गर्न शुरु गर्ने टिमका मालिक आदित्य साङघाईले बताए । उनले अघिल्लो वर्षको ट्यालेन्ट हन्टबाट कुशल मल्ललाई टोलीमा लिँदा अहिले उनी राष्ट्रिय टोलीमा पुगिसकेको बताउँदै यो सिजनमा पनि केही नयाँ प्रतिभा टोलीले ल्याउने बताएका छन् ।

लामो समय नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको भूमिकामा रहेर काम गरेका उनलाई अब नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकको जिम्मेवारी लिन प्रस्ताव गरे के भन्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘अहिले म ईपीएलका लागि नेपाल आएको हुँ। त्यो विषयमा कुनै पनि कुरा भएको छैन । मेरो पहिलो प्राथमिकता ईपीएल हो ।’

ईपीएल चैत १ देखि कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुनेछ । भैरहवा अघिल्लाे सिजनकाे उपविजेता टाेली हाे ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ५ : १२ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न