यौन शोषणको आरोप लागेका एसएसपी राणा पक्राउ | Khabarhub Khabarhub

यौन शोषणको आरोप लागेका एसएसपी राणा पक्राउ


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलात्कारको आरोप लागेका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) सौरभ राणा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी यज्ञबिनोद पोखरेल र इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेको नेतृत्व टोलीले उनलाई शनिवार पक्राउ गरेको हो ।

धरानमा रहेको सङ्‍घीय प्रहरी इकाइ कार्यालयको एसएसपी निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

बिहीबार संघीय प्रहरी इकाई कार्यालय धरानका प्रमुख तथा एसएसपी सौरभ राणाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा बलात्कारको उजुरी दर्ता भएको थियो ।

गत कात्तिकमा धरानकी एक महिलाले राणाले आफूमाथि यौन शोषण गरेको भन्दै गृह मन्त्रालयमा उजुरी दिएकी थिइन् ।

ती महिलाले गृहमन्त्री रामबहादुर थापा (बादल), गृहसचिव प्रेमकुमार राईलगायतलाई भेटेर एसएसपी राणाले आफूमाथि यौन शोषण गरेको गुनासो सुनाएकी थिइन् ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ७ : २३ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६