चीनको हुबेईमा रहेका सबै नेपालीलाई विमान चार्टर गरेर ल्याइने, यस्तो छ प्रक्रिया | Khabarhub Khabarhub

चीनको हुबेईमा रहेका सबै नेपालीलाई विमान चार्टर गरेर ल्याइने, यस्तो छ प्रक्रिया


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले चीनको हुबेई प्रान्तमा रहेको नेपालीहरुको उद्धार गर्ने भएको छ ।

कोरोना भाइरसको संक्रमण थप फैलिँदै गएपछि नेपालले हुबेईमा रहेका नेपालीहरुको उद्धार गर्ने भएको हो । चीनमा रहेको नेपाली राजदूतावासले शनिबार सूचना प्रकाश गर्दै उद्धार गर्न लागिएको र त्यसका लागि फर्म भर्न समेत हुवेईमा रहेका नेपालीलाई दूतावासले आग्रह गरेको छ । फर्म दूतावासको वेवसाइटमा राखिएको छ ।

नेपालीको उद्धारका लागि विमान चार्टर्ड गरिएको दूतावासले जनाएको छ । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हुबेईमा रहेका नेपालीलाई स्वदेश फर्काउन दुई वटा जहाज तयारी अवस्थामा राखेका बताएका थिए ।

नेपाल फर्किन चाहने नेपालीहरुको फर्म बुझाएपछि त्यही अनुसार विमानको व्यवस्था गरिने जनाएको हो । फर्म दूतावासले दिएको ठेगानामा स्थानीय समयअनुसार फेब्रुअरी २ तारिख ९ बजेभन्दा अघि पठाइसक्‍नु पर्ने सूचनामा जनाइएको छ ।

हरेक पासपोर्ट भएका व्यक्तिले छुट्टै फर्म भर्नुपर्ने छ । त्योभन्दा पछि दिएमा फर्म स्वीकार्य नहुने दूतावासले जनाएको छ। नाबालिगको हकमा अभिभावकले फर्म भर्दिनुपर्नेछ। कुनै दुविधा भएमा दूतावासले फोनमा सम्पर्क गर्न आग्रह गरेको छ।

बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले बीबीसी नेपाली सेवालाई दिएको जानकारी अनुसार चीनका विभिन्न सहरहरूमा करिब ८ हजार नेपालीहरू रहेका छन् । कोरोनाभाइरस प्रभावित वुहानमा भने ७० देखि ८० को सङ्ख्यामा नेपाली नागरिकहरू रहेको लम्सालले बताएको बीबीसीले उल्लेख गरेको छ ।

कोरोना भाइरसको स‌ंक्रमण बढ्दै गएपछि विभिन्न देशहरुले चीनमा रहेका आफ्ना नागिरकहरुको उद्धार गरिरहेका छन् । कोरोनाका कारण चीनमा २५९ जनाको मृत्यु भइसकेको छ भने ११ हजार ७ सय ९१ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ५ : ५७ बजे

सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा इरानी र्‍यापरलाई मृत्युदण्ड !

काठमाडौं– सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा (पूर्णपाठ)

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना