नयाँ वर्षमा हेटौँडा–काठमाडौं सुरुङमार्ग निर्माण थालनी हुने | Khabarhub Khabarhub

नयाँ वर्षमा हेटौँडा–काठमाडौं सुरुङमार्ग निर्माण थालनी हुने


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंंडा– वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ वर्ष २०७७ मा सुरुङमार्ग निर्माण थालनी हुने बताएका छन् ।

प्रदेशसभाको दोस्रो वार्षिकोत्सवका अवसरमा शनिवार आयोजित कार्यक्रममा उनले यस्तो प्रदेशका १३ वटै जिल्लाको आवश्यकता बनेको हेटौँडा–काठमाडौं सुरुङमार्गको डीपीआरको काम फागुनभित्र सकिएर चैतमा निर्माणका लागि बोलपत्र आह्वान गरिने जानकारी दिए ।

मुख्यमन्त्री पौडेलले काठमाडौँसँग जोडिने हेटौँडाका सबै मार्गहरु छ महिनाभित्र स्तरोन्नती र आरामदायी हुने जानकारी दिए ।

उनले हेटौँडाबाट काठमाडौँ जाने छोटो बाटोमध्येको भैँसे–भिमफेदी सडकखण्डको केही दिनमा नै बोलपत्र आह्वान गरिने जानकारी गराउँदै भिमफेदी–कुलेखानी सडकखण्ड निर्माणका लागि भने निर्माण सामग्रीसमेत झरिसकेको बताए । प्रदेश राजधानी जोडिने सबै सडक अब फराकिला र स्तरीय हुने उनले जानकारी गराए ।

प्रदेश राजधानीको स्थायित्व टुङ्गो नलागकेका कारण भौतिक निर्माणमा ढिलाइ भएकाले अब तीव्रगतिमा भौतिक संरचना निर्माण हुने मुख्यमन्त्री पौडेलको भनाइ छ । उनले अब प्रदेशसभाको अर्को अधिवेशन नयाँ भवनमा हुने र प्रदेशसभा सदस्यहरुको आवासक्षेत्र निर्माणमा समेत प्रदेश सरकार जुटेको बताए ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ५ : २५ बजे

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित