विवाह कार्डमा बेहुलाबेहुलीको जन्ममिति अनिवार्य ! | Khabarhub Khabarhub

विवाह कार्डमा बेहुलाबेहुलीको जन्ममिति अनिवार्य !


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- बालविवाह रोक्न उदयपुरमा नयाँ तरिका अपनाइएको छ । उदयपुरमा केही दिनयता छापिएका विवाहका कार्डमा दुलाहा र दुलहीको जन्ममिति राख्न थालिएको छ ।

विवाहको कार्ड छाप्दा छापाखानाले विवाह हुने युवा युवतीको जन्मदर्ता वा नागरिक्ता हेरेर जन्ममिति खुलाउन थालेका छन् ।

नेपालको कानूनमा वालविवाहलाई दण्डनिय अपराधका रुपमा राखेर “विहेवारी २० वर्षपारी” भन्ने अभियान चलाईएको छ । तर पनि वालविवाहका घटना अझै बेलाबेला भईरहेकाछन् । यस्तै अवस्थालाई मध्यनजर गर्दै उदयपुर प्रहरीको सक्रियतामा दुलहा र दुलहीको उमेर एकिन गर्न विवाहको निम्तो कार्डमै उमेर खुलाउनुपर्ने व्यवस्था शुरु गरिएको हो ।

उदयपुर प्रहरीको सकृयतामा छापाखानाहरुलाई कार्डमा उमेर खुलाउन अभियानताहरुले पत्रचार गरेपछि छापाखानाले जन्म मिति सहितको कार्ड छाप्न थालेको हो ।

गत मंसिरमा जिल्ला प्रहरीले वालविवाह भईरहेको अवस्थामा बेहुला बेहली, आफन्त र जन्तीलाई पक्राउ गरेको थियो । सो क्रममा जन्तीहरुले विवाहको निम्तो मान्न आउदा उमेर सोधेर आउने कुरा भएन भन्ने तर्क गरेका थिए । सो घटनापछि जिल्ला प्रहरीले कर्डमै उमेर खुलाउने काममा सक्रियता देखाएको छ ।

सरकार र अभियानताले वालविवाह रोक्न लामो समयदेखि बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकाछन् । सरकारले वालविवाह गरे वा संलग्न भएको पाईएमा तीन वर्ष कैद र ३० हजारसम्म जरीवाना हुने कानूनी व्यवस्था छ ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  १२ : ०७ बजे

कतारका अमिरलाई ह्युम्यान राइट्स वाचले सम्झायो आप्रवासी कामदारको अवस्था

मंगलबार अपरान्ह नेपालमा अवतरण गर्न लागेका कतारका अमिर शेख तमिम

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरु)

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका

लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ

भद्रपुर– प्रहरीले लागूऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ

आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक

गण्डकी– पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई पितृशाेक

बझाङ प्रदेश सभा क्षेत्र नं. १ काे उपनिर्वाचनमा नेकपा (एमाले)का