नेपाली मुलका निर्मलले दिए फ्रान्सको ओभरभिलिय शहरको उप–प्रमुखका लागि उम्मेदवारी | Khabarhub Khabarhub

नेपाली मुलका निर्मलले दिए फ्रान्सको ओभरभिलिय शहरको उप–प्रमुखका लागि उम्मेदवारी


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्स- नेपाली मुलका निर्मल अर्यालले फ्रान्समा आगामी मार्चमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । उनले रेभेइए ओबरभिलिए (Reveiller Aubervilliers) समूहको तर्फबाट नगर उप–प्रमुखका लागि उम्मेदवारी दिएका हुन् ।

स्थानीय तहको निर्वाचन आगामी मार्च  १५ र २२ तारिकमा हुनेछ । फ्रान्सको पेरिस नगरपालिकासँग जोडिएको सेनशाँनदनि जिल्लामा रहेको ओभरभिलिय नगरपालिका जिल्लाको चौथो ठूलो नगरपालिका हो ।

नगरपालिकामा करिब ८५ हजार जनसंख्या रहेको छ । फ्रान्समा ३५ हजार भन्दा बढी स्थानीय तह रहेको छन । जसमध्ये ८५ प्रतिशत गाउँपालिका छन् ।

एनआरएनए फ्रान्सका पूर्व अध्यक्ष तथा वर्तमान संरक्षक समेत रहेका अर्याल फ्रान्स एक इन्सुरेन्स कम्पनीको सिनियर वातावरणीय इन्जिनियरको रुपमा कार्यरत छन् । सामाजिक कार्यमा समेत संलग्न अर्याल नेपालको गोरखा जिल्लामा जन्मिएका हुन् ।

माध्यमिक तहदेखि उच्च शिक्षा फ्रान्समै पूरा गरेका कारण उनी फ्रेन्च समुदायसँग र त्यहाँका सामाजिक कार्यकर्ताहरुसँग राम्रो सम्बन्धमा छन् । समाजमा उनको छवि पनि उच्च छ ।  उनी नगरप्रमुखका उम्मेदवारको विश्वास पात्रका रुपमा समेत चिनिन्छन् । सोही कारण उनको समूहलाई चुनावी दौरानमा आवश्यक पर्ने आर्थिक संकलन र परिचालनको जिम्मा पनि अर्याललाई नै दिइएको छ ।

उनको समुहलाई फ्रान्सको सोसियलिष्ट पार्टी लगायत अन्य थुप्रै सानातिना पार्टीको पनि समर्थन रहेको छ । यो समूहको मुल नारा “एक दिगो र साझेदारी परियोजनाको लागि” भन्ने रहेको छ । फ्रान्सको स्थानीयतहको समयावधि ६ वर्षको हुन्छ ।

यस्तो छ चुनावी प्रक्रिया

निर्वाचनको पहिलो चरणमा अत्याधिक बहुमत ल्याउने अर्थात ५० प्रतिशत भन्दा माथि ल्याउनेले नगरपरिषद्को जम्मा संख्याको आधा हिस्सा लग्छ र बाँकी रहेको सिट समानुपातिक ढङ्गले ५ प्रतिशत भन्दा माथि भोट ल्याउने लिष्टलाई बाँडिन्छ ।

पहिलो चरणमा अत्याधिक बहुमत नआए न्यूनतम १० प्रतिशत ल्याउने लिष्ट दोस्रो राउण्डमा जान पाउँछ । दोस्रो राउण्डमा जाने लिष्टहरु मिसिन मिल्ने प्रावधान छ । न्यूनतम ५ प्रतिशत भोट ल्याए १० प्रतिशत भन्दा माथि भोट ल्याउने लिष्टसँग मिसिएर दोस्रो राउण्डको चुनावमा भाग लिन पाउँछ ।

दोस्रो राउण्डमा कुनै पनि लिष्टको बहुमत नआएमा अग्रपंक्तिमा रहेको लिष्टले बहुमतको ५० प्रतिशत सिट लैजाने व्यवस्था छ । र अरु बाँकी सिट भोट पाएको हिस्साले समानुपातिक हिसाबले बाँडिन्छ । स्थानीय चुनावमा महिला र पुरुषको हिस्सा बराबरी हुनु पर्ने प्रावधान छ । नगरको जनसंख्याको आधारमा नगरपरिषद्को संख्या तोकिएको हुन्छ ।

ओभरभिलिय सहरमा नगरपरिषद्को संख्या ५३ जनाको रहेको छ । फ्रान्सको स्थानीय चुनावमा नगरप्रमुखको बन्ने भन्ने कुरा हरेक पार्टी अथवा समुहले घोषणा र दर्ता गर्नु पर्ने हुन्छ । नगरप्रमुख बाहेक अरु पदहरु निर्वाचनको परिणाम आएपछि तय गरिन्छ । अर्यालले चुनावी प्रक्रिया र चुनावी माहोलका कारण आफू उपप्रमुख पद निर्वाचित हुने  पक्कापक्की भएको दाबी गरेका छन् ।

निर्मल अर्यालको टिम रहेको “रेभेइए ओबरभिलिए” समुहले उक्त नगरपालिकामा विजय प्राप्त गरेमा त्यहाँ रहेका नेपालीहरुका लागि ठूलो सहयोग हुने हुने अपेक्षा गरिएको छ । नेपाली-फ्रेन्च समुदायको सम्बन्ध विस्तारमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । यसले नेपाली कुटनीतिक नियोगसँग हातेमालो गर्दै नेपालका स्थानीयतहसँग भगेनी सम्बन्ध विस्तारमाका साथै संस्कृति आदन-प्रदानमा समेत सहयोग मिल्ने अपेक्षा गर्न सकिन्छ ।

को हुन निर्मल अर्याल ?

२०३२ सालमागोरखा जिल्लामा जन्मिएका निर्मल अर्याल १३ वर्षको उमेरमा आफ्ना पिता हरिहर अर्यालसँगै फ्रान्स गएका थिए । उनले माध्यामिक देखि एमफिल सम्मको पढाई फ्रान्समै पूरा गरे । पेसाले उनी सिभिल इन्जिनियर भएपनि उनले वातावरण विज्ञानमा एमफिल गरेका छन् ।

फ्रान्सको ख्रेजीलेमोँ शहरमा खोलिएको ‘फ्रान्स नेपाल बी पनौति मैत्री संघ’मा आबद्ध भएर उनी सामाजिक क्षेत्रमा सक्रिय बने । तत्पश्चात विभिन्न संघ संस्थामा अबद्धता हुँदै सन् २००७ मा एनआरएनए फ्रान्सको युथ कोअर्डीनेटर भई जिम्मेवारी ग्रहण गरे । युथ कोअर्डिनेटर हुँदा गरेको कुशल कार्यले सन् २०११ मा उनले एनआरएनए फ्रान्सको अध्यक्ष पदको नेतृत्व गरे ।

अध्यक्ष बनेसँगै उनी फ्रान्सको सोसियलिष्ट पार्टीसँग निकट हुन थाले र पार्टीमा सहयोगी भूमिका निर्वाह गर्दै आए । फलस्वरुप उनी अहिले बसोबास गरिरहेको ओभरभिलिय नगरपालिका अन्तर्गत स्थापना भएको (सीसीसीई) विभिन्न ३२ देशको प्रतिनिधित्व गर्ने एउटा स्वैच्छिक वोर्ड समूहको अध्यक्ष बने । त्यसबाहेक उनीसँग बैंक तथा वित्तीय क्षेत्रकाे समेत लामो अनुभव छ ।

फ्रान्सकोसेनशाँनदनि शहर स्थित सहकारी बैँकमा उनी तीन कार्यकाल अध्यक्ष समेत बने । उनी त्यो बैँकको अध्यक्ष रहँदा फ्रान्समा रहेका नेपालीहरुलाई खाता खोल्न, ऋण लिन सहजता प्रदान गरेका थिए । उनले नेपालका अनाथ अपाङ्ग,गरिब बालबालिकाहरुकाहरुलाई शिक्षा स्वास्थ्य क्षेत्रमा समेत सहयाेग प्रदान गर्दै आएका छन् ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ९ : ५३ बजे

फेरि फिल्ममा अभिनय गर्दै ऋषि धमला

काठमाडौं– विभिन्न विषयमा चर्चामा आइरहने पत्रकार ऋषि धमला पुनः फिल्ममा

मुलुकलाई आत्मनिर्भर बनाउन कृषिलाई प्राथमिकता दिन माधव नेपालको सुझाव

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको

एमाले सांसद ढकालविरुद्ध परेको रिट दरपीठ

काठमाडौं– नेकपा एमालेका सांसद एकनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा परेको रिट

खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु

खोटाङ- जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर जलेर

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत

प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारहरूलाई