बेलले तत्काल रियल मड्रिड नछाड्ने | Khabarhub Khabarhub

बेलले तत्काल रियल मड्रिड नछाड्ने


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले ग्यारेथ बेलले तत्काल क्लब नछाड्ने बताएका छन् । क्लबको पछिल्लो टोलीमा समेत नरहेका बेलले तत्काल क्लब नछाड्ने जिदानको भनाई छ ।

३० वर्षिया फरवार्ड बेल शनिबार एट्लेटिको मड्रिडबिरुद्ध खेल्ने रियलको १९ सदस्यीय टोलीमा छैनन् ।

टोटेनहमका अध्यक्ष ड्यानियल लेभीले मड्रिड पुगेर क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरिजसँग बेलको सरुवाको बिषयमा छलफल गरेका थिए ।

‘म उनी जाने सम्भावनाको विषयमा विचार गर्न सक्दिन,’ जिदानले भनेका छन्।

‘उनी हामीसँग छन् । मैले उनको गणना गरिरहेको छु । हामी सबै खेल्नका लागि यहाँ छौ। उनी समेत तयार छन्,’ उनले थपे ।

वेल्सका फरवार्ड सन् २०१३ मा प्रिमियर लिग क्लब टोटेनहमबाट रियलमा आएका थिए ।

उनी कीर्तिमानी मुल्य ८३ मिलियन पाउण्डमा स्पेन आएका थिए । उनको क्लबसंग २०२२ सम्म सम्झौता छ । उनले यस सिजन १२ लिग खेलमा दुई गोल गरेका छन् ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ७ : ५२ बजे

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी– अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

एलोन मस्कले गरे भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका