रिस नियन्त्रण गर्ने ८ उपाय | Khabarhub Khabarhub

 रिस नियन्त्रण गर्ने ८ उपाय


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

महात्मा गान्धीले भनेका थिए–‘रिस एक क्षणको पागलपन हो ।जो क्षणिक हुन्छ तर यसले ठूलो क्षति निम्त्याउने सार्मथ्य राख्छ ।’

हुन पनि मानवीय संवेदनाको एक हिस्सा रिस केहीबेरका लागि पागलपन मात्र हो ।  रिस सबैलाई उठ्छ तर केहीले मात्र आफ्नो रिसलाई नियन्त्रण गर्न सक्छन् । अन्यथा रिसका कारण ठूलै दुर्घटना भएका कतिपय उदाहरणहरु पाइन्छन् ।

रिसको आवेगमा गरिएको कामले मानिसलाई कालान्तरमा पछुतो बाहेक अरु केहि दिँदैन । त्यसैले आफ्नो रिसमाथि विजय पाउन आवश्यक हुन्छ । तर कसरी ?

१. अंक गन्न थाल्नुहोस्

कुनै कारण वा परिस्थितिमा तपाईंलाई थाम्न नसक्ने रिस उठ्यो भने तुरुन्त अंक गन्न थाल्नुहोस् । जबसम्म तपाई आफूलाई रिसमुक्त बनाउनु हुन्न तबसम्म अंक गन्नुहोस् । यसले तपाईलाई रिसमाथि नियन्त्रण गर्न सघाउने गर्छ ।

२. लामोलामो श्वास लिनुहोस्

यदि तपाईंलाई अत्यधिक रिस उठेको छ भने लामो लामो श्वास तान्दै फाल्ने गर्नहोस् । जतिजति तपाईंलाई रिस उठ्छ तपाई आफूलाई सहज हुने गरी लामो लामो श्वास फेर्नुहोस् । यसले तपाईलाई श्वास फेर्न तिर ध्यान मोड्छ र रिस आउनुको आवेगमा कमी आउँछ ।

३. डुल्ने बानीको बसाउनुहोस्

शारीरिक ब्यायामले मानिसको अनावश्यक चिन्तनमा नियन्त्रण पाउन सघाउने गर्दछ । त्यसैले तपाईलाई रिस उठेको छ भने सामान्य शारीरीक ब्यायाम गर्न थाल्नुहोस् । यसले नसाहरू संयमित पार्नुका साथै रिसलाई कम गर्दै लान्छ । अझ केहीबेर यताउती डुल्ने वा शान्त बस्नुभयो भने तत्काल रिस नियन्त्रणमा सघाउ पुर्याउँछ ।

४. मन पर्ने बिषय सोच्नुहोस्

यदि तपाईलाई अत्यधिक रिस उठेको छ र अनावश्यक बोल्छु जस्तो लागेको छ भने आफूलाई मन परेको स्थान, चलचित्र, कथा वा विषयमा ध्यान केन्द्रित गर्नुहोस् । हुनत यो रिस उठेको बेला गर्न ग्राहो हुन्छ तर यसलाई सम्भव बनाउनुभयो भने यसले तपाईको आवेश नियन्त्रणमा छिट्टै लाभ दिन्छ ।

५. मानसिक तनाव नलिनुहोस्

रिस उठेको बेला मानिस मानसिक तनावमा रहने गर्दछन् । रिसको बेला आउने आक्रोशले उनीहरुमा तनाव बढाउने गर्दछ । यस्तोमा आखाँ चिम्लेर शान्त भएर बस्ने वा मोवाइलमा ध्यान केन्द्रित गर्नुपर्छ । यसले तपाईलाई रिस उठेको बेला मानसिक तनाव कम गराउँछ ।

६. साथीलाई शेयर गर्नुहोस्

कतिपय मानिस आफ्नो रिस नियन्त्रण गर्न आफैलाई तनावमा राखेर मनभित्र उक्त रिस मार्ने प्रयास गर्छन् । तर मनमा यी कुरा राख्नु पनि उपयुक्त हुँदैन । त्यसैले रिस उठेको विषयमा मन मिल्ने साथीलाई तत्काल यो कुरा शेयर गर्नुपर्छ । यसले तपाईको रिस मर्नुका साथै त्यसको समाधानको उपाय पनि फुर्न सक्छ ।

७. हाँस्नुहोस्

हुनत यो उपाय अस्वभाविक लाग्ला । तर अत्यधिक रिस उठेको बेला मज्जाले हास्नाले पनि तपाईको रिसलाई नियन्त्रण गर्छ । हाँस्दा शरीरका अधिकांश तन्तु सक्रिय हुनुका साथै नराम्रो परिस्थितिबाट आफूलाई बाहिर निकाल्न मद्दत समेत गर्दछ ।

८. सिर्जनात्मक काम गर्नुहोस्

यदि तपाईं बाहिरबाट रिसाएर आउनु भएको छ भने यस्तो बेलामा आफूलाई सिर्जनात्मक काममा लगाउनुहोस् । जस्तै पेन्टिङ गर्ने, केही लेख्ने वा बिग्रेका सामग्रीको मर्मत गर्ने । यसले रिस उठेको बेला हुने मुड अफ कम हुनेछ ।

तर रिस उठेको बेलामा बाइक चलाउने, बाहिर जाने वा कोठा बन्द गरेर आफूलाई एक्लै पार्ने प्रयास भने गर्नुहँुदैन । रिस उठेको समयमा आफूलाई शान्त राख्ने प्रयास गर्नुपर्छ । जसका लागि तपाईको ध्यान मोड्नु नै सबैभन्दा सहज उपाय हो ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ८ : ०२ बजे

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको

डा हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको