देशभर भ्रमण वर्षको भव्य स्वागत [फोटो फिचर] | Khabarhub Khabarhub

देशभर भ्रमण वर्षको भव्य स्वागत [फोटो फिचर]


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने संकल्पसहित राष्ट्रिय महोत्सवका रूपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिएको छ।

काठमाडौंको दशरथ रंगशालामा बुधबार साँझ एक भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० अभियानको शुभारम्भ गरेकी हुन्।

आजै सातवटै प्रदेशका मुख्य स्थानमा भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको हो ।

प्रदेश नं १ मा विराटनगरको रंगशाला, प्रदेश नं २ मा जानकी मन्दिर परिसर, प्रदेश नं ३ मा चितवनको सौराहा, गण्डकी प्रदेशको लेकसाइट पोखरा, प्रदेश नं ५ को बर्दियाको ठाकूरद्वार, प्रदेश नं ६ को सुर्खेत बुलबुल ताल र सुदूरपश्चिम प्रदेशको धनगढीमा उद्घाटन गरिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ ।

तस्वीरमा भ्रमण वर्षको स्वागत

आजबाट सुरु भएको नेपाल भ्रमण वर्ष २०२० को भक्तपुर नगरपालिकाले आयोजना गरेको शुभारम्भ कार्यक्रममा माक प्याख नाच नाच्दै ।
नेपाल भ्रमण वर्ष २०२० को अवसरमा गण्डकी प्रदेशको मुख्य नाका तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा बुधबार बाहय पर्यटकलाई माला लगाएर स्वागत गर्दै स्थानीयवासी । गाउँपालिकाले नेपाल भ्रमण वर्षको पहिलो दिन तीन सय पर्यटकलाई स्वागत गरेको छ ।
नेपाल भ्रमण वर्षको पहिलो दिन बुधबार ताप्लेजुङमा अवस्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिरमा हेलिकप्टरमार्फत पुगेका धार्मिक पर्यटकलाई स्वागत गर्दैै पाथीभरा क्षेत्र विकास समितिका सदस्य ईन्द्रनारायण भट्टराई ।
काठमाडौँको दशरथ रङगशालामा बुधबार आयोजित विशेष समारोहमा ‘नेपाल भ्रमण वर्ष सन २०२०’ को शुभारम्भ कार्यक्रममा मुरलीको धुन प्रस्तुत गर्दै कलाकार ।
काठमाडौँको दशरथ रङगशालामा बुधबार आयोजित नेपाल भ्रमण वर्ष सन २०२० को शुभारम्भ समारोहमा शान्ति स्वस्ती पाठ गर्दै भिक्षु ।
नेपाल भ्रमण वर्ष उद्घाटन कार्यक्रम पोखरामा विभिन्न जातजातिको सामुहिक नृत्य प्रस्तुत गर्दै कलाकार ।
नेपाल भ्रमण वर्ष उदघाटन कार्यक्रममा पोखराको आकाशमा हेलिकप्टरबाट भ्रमण वर्षको व्यानर प्रर्दशन गर्दाको दृश्य ।
नेपाल भ्रमण वर्ष उदघाटन कार्यक्रमको दिन पोखरामा थारु नाच प्रस्तुत गर्दै कलाकार ।
विराटनगरको शहीद रङगशालामा बुधबार आयोजित नेपाल भ्रमण वर्ष सन २०२० को शुभारम्भ समारोहमा हेलिकप्टरद्वारा पुष्पवृष्टि गरिँदै ।
नेपाल भ्रमण वर्ष २०२० को अवसरमा पहिलो दिन बुधबार भक्तपुर नगरपालिकाले आयोजना गरेको शुभारम्भ कार्यक्रममा माक प्याखः नाच नाच्दै ।
नेपाल भ्रमण वर्ष २०२० को अवसरमा पहिलो दिन बुधबार भक्तपुर नगरपालिकाले आयोजना गरेको शुभारम्भ कार्यक्रममा लाखे नाच नाच्दै ।
अग्रेजी नयाँवर्ष एवं नेपाल भ्रमणवर्ष २०२० को पहिलो दिन आज विहान नगरकोटको बतासे डाँडामा भ्रमण वर्षको स्वागतमा नृत्य गर्दै कलाकारहरु ।
अग्रेजी नयाँवर्ष एवं नेपाल भ्रमणवर्ष २०२० को पहिलो दिन बुधबार नगरकोटको बतासे डाँडामा हेलिकप्टरबाट पुष्पवृष्टि गरी नेपाल भ्रमण वर्षको स्वागत गर्दै ।
नगरकोटको बतासे डाँडाबाट नेपाल भ्रमण वर्ष २०२० को स्वागत गर्दै युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालको झण्डा झण्डोत्तोलन गर्दै ।
नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारद्वारा बुधबार धनगढीमा आयोजित विशेष समारोहमा छलिया नृत्य प्रस्तुत गर्दै कलाकार ।
नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारद्वारा बुधबार धनगढीमा आयोजित विशेष समारोहमा थारू समुदायको लोकप्रिय मुङग्रहवा नृत्य प्रस्तुत गर्दै कलाकार ।
नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारद्वारा बुधबार धनगढीमा आयोजित विशेष समारोहमा गौरा नृत्य प्रस्तुत गरिँदै ।
विराटनगरको शहीद रङगशालामा बुधबार आयोजित नेपाल भ्रमण वर्ष सन २०२० को शुभारम्भ समारोहमा राष्ट्रिय गीतमा नृत्य प्रस्तुत गर्दै विद्यार्थी ।
विराटनगरको शहीद रङगशालामा बुधबार आयोजित नेपाल भ्रमण वर्ष सन २०२० को शुभारम्भ समारोहमा लाखे नाच प्रस्तुत गरिँदै ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ९ : ३८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०