पश्चिमी न्यून चापीय प्रणाली नेपालमा, हल्का वर्षा र हिमपातको सम्भावना | Khabarhub Khabarhub

पश्चिमी न्यून चापीय प्रणाली नेपालमा, हल्का वर्षा र हिमपातको सम्भावना


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालमा देखिएको छ । जसका कारण नेपालको मौसम पनि सामान्यदेखि पूर्ण बदली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली भएको छ । यस्तै बाँकी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको मौसमविदले बताएका छन् ।

आज दिनभर देशभर आंशिकदेखि सामान्य बदली भइ उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ । यस्तै पहाड र तराईका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र पहाडी तथा तराईका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आउँदो शुक्रबारसम्मै मौसम बदली हुने जनाइएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस १६ गते (बुधबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहि उच्च पहाडि र हिमालि भु-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पहाड तथा तराईका १-२ स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

राति : देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पहाडि तथा तराईका १-२ स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

पुस १७ गते (बिहिबार)

दिउँसो :देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

राति : देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

पुस १८ गते (शुक्रबार)

दिउँसो :देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

राति : देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ८ : ५४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०