सिन्धुलीगढी विजयउत्सव मनाइने | Khabarhub Khabarhub

सिन्धुलीगढी विजयउत्सव मनाइने


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- यहाँको ऐतिहासिकस्थल सिन्धुलीगढीमा यसवर्ष तीन दिन विजयउत्सव मनाइने भएको छ । कात्तिक २४ गते कमलामाई नगरपालिकाले विजयउत्सव भव्यरुपमा मनाउने भएको हो ।

विक्रम संवत् १८२४ मा अङ्ग्रेजलाई हराएर ब्रिटिस् साम्राज्यको पञ्जामा पर्नबाट वीर नेपालीले वीरतापूर्वक परास्त गरेको सम्झनामा हरेक वर्ष कात्तिक २४ गते सिन्धुलीवासीले विजयउत्सव मनाउने गरेका छन् ।

यो परम्परा २०६७ सालदेखि नेपाल पत्रकार महासङ्घ सिन्धुलीले मनाउन शुरु गरेको थियो ।

कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले भव्यरुपमा मनाइने विजय उत्सवमा पृथ्वीनारायण शाहको शालिक शिलान्यास गर्ने, नेपाली सेनाले निर्माण गर्न लागेको युद्ध सङ्ग्राहलयको पनि शिलान्यास गर्ने कार्यक्रम रहेको बताए ।

नगर प्रमुख खत्रीले नेपाल भ्रमण वर्ष सन् २०२० लाई मध्यनजर गरी सिन्धुलीका धार्मिक तथा ऐतिहासिक स्थानको व्यापक प्रचारप्रसार गर्ने जानकारी दिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ३ : ५२ बजे

बारम्बार तिर्खा लाग्नु स्वास्थ्य समस्या हुन सक्छ !

काठमाडौँ– अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीमा पसिना

आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको

कतै मेघगर्जन र चट्याङसहितको वर्षा, कतै हावाहुरी

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बुधबार सन्