प्रधानमन्त्री ओली आज अस्पतालबाट डिस्चार्ज होलान् ? | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली आज अस्पतालबाट डिस्चार्ज होलान् ?


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली बुधवार(हिजो) विहान धापासीस्थित ग्रान्डी अस्पताल पुगेका थिए ।

सामान्य फलोअपका लागि गएको भनिएपनि प्रधानन्त्रीको आइसीयुमा राखेर उपचार भएको र डायलाइसिस गरिएको थियो । आइसीयुमा नै राखेर प्रधानन्त्रीको उपचार गरिएको भएपनि त्यसको जानकारी भने सार्वजनिक गरिएको छैन ।

उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनले भने प्रधानन्त्रीको अवस्था सामान्य रेहेको र विहीवार(आज)सम्ममा डिस्चार्ज गर्ने भन्दै विज्ञप्ति जारी गरेको छ ।

हिजो साँझ प्रधानन्त्रीको उपचारमा संलग्न प्रधानन्त्रीकी निजी चिकित्सक प्रा डा दिव्यासिंह साह र डा चक्रराज पाण्डेले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री नियमित उपचारका लागि अस्पताल भर्ना भएको बताइएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भएको र आवश्यक परीक्षण पूरा भएपछि राति वा भोलिसम्ममा डिस्चार्ज गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल गएको र चिकित्सकहरूको परामर्शअनुसार स्वास्थ्य परीक्षण बाँकी नै रहेकाले अस्पतालमै बस्नु परेको बताए ।

यस आधारमा प्रधानन्त्री केपी ओली आज डिस्चार्ज हुनुपर्ने हो । तर अनुहार र शरीरका केही भाग सुन्निनुका साथै केही ज्वरो पनि आएका प्रधानमन्त्री आज डिस्चार्ज हुने सम्भावना कम देखिएको अस्पताल श्रोतको भनाइ छ ।

यसअघि सिंगापुरमा प्लाज्मा फेरासिस गरिएका प्रधामन्त्रीको रगतमा हानिकरक क्रियटाइन बढी देखिएको अस्पताल श्रोतको भनाइ छ ।  क्रियटाइन बढी देखिएपछि अल्ट्रा–फिल्ट्रेसन गरिएको छ ।

चिकित्सकहरुका अनुसार शरीरमा रहेको एन्टिबडि हटाउन प्लाज्मा फेरासिर र हेमोडायलाइसिस भन्दा अल्ट्रा–फिल्ट्रेसन फरक तरिका हो ।
प्रधानमन्त्रीको अनुहार र शरीरका केहीभाग सुन्निने सममस्या प्रधानमन्त्रीलाई देखिएको अस्पताल स्रोतको भनाइ छ ।

प्रधानमन्त्रीको पहिलो पटक साउन १८ देखि २७ सम्म सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल एसएनयू मा स्वास्थ्य परीक्षण गरिएको र उनको शरीरमा ‘एन्टीबडी’को मात्रा धेरै देखिएको थियो ।

त्यसलाई निराकरण गर्न प्लाज्माफेरेसिस प्रक्रियालाई निरन्तरता दिनुपर्ने भएकाले दोस्रो पटक पनि सिंगापुर जान लागिएको बताइएको थियो । प्रधानमन्त्री दोस्रो पटक सिंगापुरबाट भदौ २० गते फर्किएका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ७ : ४३ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न