अमेरिका जान चाहनेको सामाजिक सञ्जाल अध्ययनका लागि ‘फेक आइडी’ बनाइँदै ! | Khabarhub Khabarhub

अमेरिका जान चाहनेको सामाजिक सञ्जाल अध्ययनका लागि ‘फेक आइडी’ बनाइँदै !


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका जान चाहने, ग्रिन कार्ड लिन चाहने तथा नागरिकताका लागि आवेदन दिने आप्रवासीको सामाजिक सञ्जाल अनुगमनका लागि अमेरिकाको नागरिकता तथा अध्यागमन सेवाले नक्कली खाता अर्थात् फेक आइडी बनाउने भएको छ ।

यसअघि गोपनियताका कारण होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले यस्तो गर्न बन्देज गरेपनि गत जुनयता भने अमेरिकाको नागरिकता तथा अध्यागमन सेवाले आफ्नो नीतिमा परिवर्तन गरेको अमेरिकाको फक्स न्यूजले उल्लेख गरेको छ ।

नागरिकता तथा अध्यागमन सेवाले विज्ञप्ति जारी गर्दै यस्ता फेक आईडीले प्रयोगकर्ताको खुला रुपमा सामाजिक सञ्जालमा उपलब्ध समग्रीको मात्र अनुगमन गर्नेछ । त्यसबाहेक यस्ता आईडीले प्रयोगकर्ताको गोपनियताको सम्मान गर्ने र उनीहरुलाई फलो वा साथी नबनाउने नागरिकता तथा अध्यागमन विभागले स्पष्ट पारेको छ ।

यस निकायले प्रयोगकर्ताका सामाजिक सञ्जालमा उपलब्ध सामग्रीको सूक्ष्मतापूर्वक अध्ययन नगर्ने समेत जनाएको छ ।

आप्रवासीका कारण उत्पन्न सम्भावित सुरक्षा चुनौति तथा आप्रवासीको पृष्ठभूमि अध्ययनका लागि यस्तो नीति ल्याइएको नागरिकता तथा अध्यागमन सेवाको भनाइ छ ।

गत जुन महिनादेखि अमेरिकाको विदेश मन्त्रालयले आवेदकको सामाजिक सञ्जालको सूचना समेत माग गर्न थालेको थियो ।

यद्यपि नागरिकता तथा अध्यागमन निकायको पछिल्लो नीतिले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल कम्पनीको नीति भने उल्लङ्घन हुनसक्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यस्ता सामाजिक सञ्जालको नीति नियम अनुसार फेक आइडी बनाउन पाइँदैन ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ९ : ०१ बजे

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको

कोशीमा मुख्यमन्त्री केदारकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन कांग्रेसको माग 

काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद राईले कोशी प्रदेशका मुख्यमन्त्री केदार

सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले

महानगरको निजी विद्यालयलाई निर्देशन : एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिनु

काठमाडौं– काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरूले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक