१३ औं सागका लागि खेलाडी बन्द प्रशिक्षणमा | Khabarhub Khabarhub

१३ औं सागका लागि खेलाडी बन्द प्रशिक्षणमा


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एशियाली खेलकुद सागलाई लक्षित गरी खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । विशेष प्रशिक्षणमा रहेका खेलाडीहरुले विहीबार (भोलि)देखि बन्द प्रशिक्षण थाल्नेछन् ।

मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुन लागेको साग खेलका लागि आठौं राष्ट्रिय खेलकुदबाट छनोट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।

केही खेलका खेलाडीहरुलाई देश भित्र प्रशिक्षण दिनका लागि विदेशी प्रशिक्षक ल्याइएको र केही खेलका खेलाडीहरुलाई वैदेशिक प्रशिक्षणमा पनि पठाइएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले बताए ।

यसअघिका सदस्यसचिव केशबकुमार विष्टले सागमा प्रतिस्पर्धा गर्ने खेलाडीहरुका लागि राखेप च्याम्पियनसिप गराउने बताएका थिए । तर राखेप च्याम्पियनसिप नगर्ने मनस्थीतिमा पनि राखेपको पुगेको बताइएको छ ।

नेपालमा आयोजना हुने सागमा २७ खेल समावेश हुँदा नेपालबाट ६ सय ४४ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । त्यसमा ३ सय ३० पुरुष र ३ सय १४ महिला खेलाडी हुने छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ६ : २७ बजे

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको