साइप्रस पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने पुनम ७ वर्षपछि पक्राउ | Khabarhub Khabarhub

साइप्रस पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने पुनम ७ वर्षपछि पक्राउ


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका लागि साइप्रस पठाइदिने भन्दै १० लाख ५० हजार ठगी गर्ने पुनम नेपाली पक्राउ परेकी छन् ।

नेपालीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले काठमाडौंको सितापाइलाबाट पक्राउ गरेको हो ।

पुनमले वैदेशिक रोजगारीका लागि साइप्रस पठाइदिने भन्दै शान्त कुमार तामाङसँग १० लाख ५० हजार रुपैयाँ लिएकी थिइन् ।

पछि तामाङले आफू ठगिएको भन्दै वैदेशिक रोजगारी विभागमा नेपालविरुद्ध मुद्दा दर्ता गरेका थिए । वैदेशि रोजगार न्यायाधीकरणको कार्यालयले पुनमबाट १५ लाख ७५ हजार रुपैया हर्जाना भराउने तथा १ लाख ५० हजार रुपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
वैदेशिक रोजगार न्यायाधीकरणको कार्यालयले ३१ असार २०६९ मा फैसला सुनाएको भएपनि पुनम भने फरार थिइन् ।

सिआईबीको टोलीले उनलाई मंगलबार काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको हो । काठमाडौं जिल्ला अदालतले पुनमलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा चलान गरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ३ : १५ बजे

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको

कोशीमा मुख्यमन्त्री केदारकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन कांग्रेसको माग 

काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद राईले कोशी प्रदेशका मुख्यमन्त्री केदार

सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले