किन एकाएक विवादमा तानिइन् केकी ? | Khabarhub Khabarhub

किन एकाएक विवादमा तानिइन् केकी ?


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका केकी अधिकारी एकाएक विवादमा तानिएकी छिन् । बौद्धिक नायिकाको परिचय बनाएकी केकीले एक गीतको भिडियो लिंक शेयर गरेका कारण विवादमा तानिएकी हुन् । यसबारेमा केकीले भने कुनै प्रतिक्रिया जनाएकी छैनिन् ।

गायक आर्जन पाण्डेले ‘घाँटीभन्दा तल’ बोलको गीत सार्वजनिक गरे । यो गीतको खासै चर्चा पनि भएन । तर, गीतलाई केकी अधिकारीले शेयर गरेपछि भने गीत पनि चर्चा र विवादमा रह्यो ।

रोमान्टिक शैलीको यो गीतमा प्रयोग गरिएका शब्दलाई लिएर विवाद भएको हो । तर, गायक आर्जन पाण्डेको भन्दा बढी विरोध केकी र रीमा विश्वकर्माको भएको छ । खासगरी केकीले प्रायः महिला हिंसाका बारेमा सधै बोल्ने गर्छिन् । यसकारण पनि केकी सबैको तारो बनेकी हुन् ।

तस्वीर– कुबेर डंगोल

त्यसो त केकी यसअघि एनआइसी एसियाको विज्ञापनमा अभिनय गरेका कारण पनि विवादमा परेकी थिइन् । सामाजिक सञ्जालमा महिला हिंसालाई बल पु–याउने भिडियोमा अभिनय भन्दै उनको विरोध भएको थियो । अहिले उक्त विज्ञापन नयाँ तरिकाले प्रसारण हुन थालेको छ ।

आर्जन पाण्डेले बजारमा ल्याएको गीतमा केकी अधिकारीको त कुनै भूमिका छैन । तर उनले यो गीत शेयर गरेकी थिइन् । केकीले शेयर गरेपछि गीतको थप चर्चा हुन थाल्यो । गीतका शब्दहरुमा महिलालाई घाँटीभन्दा तल राम्री भएको भनिएको छ । यसले महिलाको भद्दा मजाक गराएको महिला अधिकारकर्मीहरुले आरोप लगाएका छन् ।

यसअघि आर्जनका भिडियोमा केकी अधिकारीले अभिनय गरेको हुन्थिन् । यी दुई प्रेमसम्बन्धमा रहेको चर्चा समेत चल्न थालेको थियो । शायद केकीले साथीको गीत भएका कारण गीत शेयर गरेकी थिइन् । तर, त्यही शेयरले उनलाई विवादमा ल्याइदियो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  २ : १० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६