बसपार्क निर्माणमा ठेकेदारको चरम लापर्बाही | Khabarhub Khabarhub

बसपार्क निर्माणमा ठेकेदारको चरम लापर्बाही


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्जमा अत्याधुनिक बसपार्क निर्माणमा चरम लापर्बाही देखिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा निर्माणाधीन अत्याधुनिक बसपार्क निर्माण कार्यमा निकै सुस्त र चरम लापर्बाही देखिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अगाडि बढाएको हो । तर आजदेखि सञ्चालनमा आउने भनिएको बसपार्क पुनः अनिश्चित बनेको छ ।

ठेकेदारले समयमा काम गर्न नसक्दा सञ्चालन अनिश्चित बनेको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । बसपार्क निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनी युनाइटेड बिल्डर्सको बदमासी र नेपालगञ्ज उपमहानगरपालिकाको चरम उदासिनताका कारण अन्तिम पटक तोकिएको समय ९साउन १५० मा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन् ।

“आजैदेखि बसपार्क सञ्चालन गर्ने तयारी गरिएको थियो तर काम नसकिएकाले त्यो सम्भव छैन”, नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले भने “ठेकेदारकै कारण कहिले सम्पन्न हुन्छ भन्ने अन्योल थपिएको छ ।” १५ महीनाभित्र सम्पन्न गर्ने गरी २०१६ अप्रिलमा शुरु भएको बसपार्क निर्माणको काम चार वर्षमा सकिने चरणमा फेरि अन्योलता थपिएको छ ।

आजैदेखि सञ्चालनमा आउने भनिएको बसपार्क अधुरै रहेपछि नेपालगञ्जवासी निरास बनेका छन् । १५ महीनाभित्र निर्माण सक्ने सम्झौता भए पनि सम्झौताअनुरुप निर्माण सम्पन्न नहुँदा चार वर्षपछि सकिने चरणमा पुगेको बसपार्क सञ्चालनमा अन्योलता थपिएको नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी पौडेलले बताए ।

अत्याधुनिक बसपार्कभित्र टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ क्षेत्र निर्माण लगभग सकिएको उनले बताए । “ठेकेदारसँग जरिवाना पेनाल्टी असुलेरै भए पनि नयाँ मिति तोकेर काम सम्पन्न गराउँछौँ”, सूचना अधिकारी पौडेलले भने । यता निर्माणको अन्तिम चरणमा पुगेको बसपार्क सञ्चालनमा नआउँदै दुर्गन्धित बन्न थालेको छ ।

निर्माणको काममा भएको सुस्तताले गर्दा समयमै सञ्चालनमा आउन नसकेको बसपार्कभित्र चिटिक्क परेका अत्याधुनिक सुविधासहितका संरचना बनेका छन् तर, संरचना आसपासमा खुला शौचका कारण दुर्गन्ध फैलिएको छ । अत्याधुनिक बसपार्कभित्र खुला शौचका कारण दुर्गन्धित बन्न थालेको स्थानीयको भनाइ छ ।

नेपालगञ्ज–४ का स्थानीय दीपक शाहीले भने, “सञ्चालनमा नआउँदै दुर्गन्ध फैलिएको छ ।” बसपार्कभित्र अत्याधुनिक संरचना निर्माणसँगै एकैपटक धेरै जनाले प्रयोग गर्न मिल्ने गरी महिला र पुरुषका लागि अलग–अलग सुविधा सम्पन्न शौचालय निर्माण गरिएको छ । निर्माण गरिएका शौचालय बन्द भएका कारण बसपार्कभित्र खुला शौच गर्ने गरिएको छ । शौचालयमा बनेका सटरभित्र समेत शौच गर्ने गरेको काममा संलग्न कामदार बताउँछन् । त्यस क्षेत्र भएर हिँड्ने बटुवा, यात्रु, सेवाग्राहीदेखि जो कोहीले बसपार्कमा बनेका संरचनालाई शौचालयका रुपमा प्रयोग गरेका छन् । बसपार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउने जिम्मा पाएको ठेकेदार कम्पनीलाई यसअघि पाँच पटकसम्म म्याद थप गरिसकिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण शुरु गरिएको हो । ठेकेदार कम्पनीकै लापर्वाहीका कारण नेपालगञ्जको यातायात व्यवस्थापनमा समेत समस्या देखिएको छ । निर्माण ढिलाइ भएपछि यातायात साधन पार्किङ गर्न, टिकट काउन्टर व्यवस्थापन गर्न र यात्रुलाई गाडी चढ्न समस्या भएको छ ।

साढे चार बिघा क्षेत्रफलमा फैलिएको बसपार्कलाई आधारभूत सुविधायुक्त बनाउन निर्माण कार्य थालिएको थियो । बसपार्कको निर्माण कार्य सम्पन्न नहुँदा त्यस क्षेत्रमा निर्माण क्रममा जथाभावी माटो थुपारिँदा गाडी पार्किङमा समस्या भएको यातायात व्यवसायीको गुनासो छ । यात्रु तथा सवारी साधनलाई सहज हुने गरी निर्माण गर्न लागिएको बसपार्क निर्माण कार्य निकै सुस्त छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  १२ : ५५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन