नेपालमा बसेर कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ | Khabarhub Khabarhub

नेपालमा बसेर कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले अवैध कल बाइपास (भीओआईपी)मा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ काटागाउँस्थित मैनुद्धीन धुनियाको घरमा डेरा गरी बस्ने भारतको सुनौली घर भएका २६ वर्षी खुर्सेद अन्सारी छन् ।

विशेष सूचनाका आधारमा उनी बस्ने कोठामा छापा मार्न पुगेको सिआईबीको टोलीले अवैध कल बाइपासमा प्रयोग हुने विभिन्न उपकरण समेत बरामद गरेको छ ।

उनको कोठाबाट २ थान ल्यापटप, ३२ थान एरिएल, १ थान राउटर, २ थान डिभाइस, १ थान युपीएस, २ थान चार्जर तथा १३ ओटा सिम फिट गरिएको सिम पोर्ट १ थानलगायत सामग्री बदारम भएको प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपालका विभिन्न १ सय ८ स्थानमा अवैध कल बाइपासमा संलग्न १३० नेपाली र ३७ जना विदेशीलाई गरी हालसम्म १ सय ६७ जनालाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ परेका व्यक्तिविरुद्ध ११ अर्ब ९१ करोड १ लाख १६ हजार १ सय ६३ रुपैयाँ बराबरको बिगो दावीगर्दै अदालतमा मुद्दा दायर गरिएको सिआईबीले जनाएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ३ : १० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन