अन्धविश्वासको पराकाष्ठा : शक्तिशाली बन्ने महत्वकांक्षाले बालकको बलि | Khabarhub Khabarhub

अन्धविश्वासको पराकाष्ठा : शक्तिशाली बन्ने महत्वकांक्षाले बालकको बलि


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नरबलिका रूपमा एक बालकको हत्या गरिएको छ । मिथिला नगरपालिका–६ का शम्भुकुमार साहका छोरा साढे दुई वर्षीय आर्यन भनिने समीरकुमार साहको हत्या गरिएको हो । हत्या गर्ने धनुषा जिल्ला मिथिला नगरपालिका–६ का फेकु महतोका छोरा ५५ वर्षीय शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरी बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको राजधानी दैनिकमा खबर छ ।

गत वैशाख २३ गते बेलुका ५ बजे महतोले आफ्नो घरको ढोकामा फूलको बोटनजिक खेलिरहेको अवस्थामा ती बालकलाई ललाइफकाइ अपहरण गरी आफ्नै घरमा बन्धक बनाएका थिए । त्यसको भोलिपल्ट २४ वैशाखको राति २ बजेतिर चमेनिया माय भन्ने देवताका नाममा आफ्नै घर आँगनमा धारिलो हतियारले बालकको घाँटी रेटी मारेको प्रहरीले जनाएको छ ।

हत्यापछि महतोले बालकको शवलाई उनकै घर पछाडि रहेको कृष्णनन्दन महतोको रूख बिरुवासहितको खेतको झारीमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । महतोले विगत दुई वर्षदेखि धामीझाँक्री सिक्दै आएका थिए ।

बिरामी हुँदासमेत झाँक्री महतोले आर्यनलाई बेलाबेलामा झारफुक गर्दै आएका कारण बालकलाई फकाउन महतोलाई सजिलो भएको बताइएको छ । झाँक्रीको घर बालक आर्यनको घरबाट करिब सय मिटरको दूरीमा रहेको छ । बालक आर्यनका बुबा वैदेशिक रोजगारमा छन् । बालक आर्यन आमाबुबाको एक्लो छोरा थिए ।

मृतक बालककी आमा रेणुदेवी साह घाँस काट्न गएको अवस्थामा घरमा कोही नभएको मौका छोपी महतोले बालकलाई ललाइफकाइ अपहरण गरी बन्धक बनाएका थिए । मृतकका हजुरबुबा पीताम्बर साहले महतोका नाममा अपहरण गरी शरीर बन्धक राखी मारेको ज्यानसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा महतोलाई बुधबार उनकै घरबाट पक्राउ गरिएकोे धनुषाका प्रहरी प्रमुख शेखर खनालले बताए । महतोले अपराध स्वीकार गरेको र उनीबाट धारिलो हतियार एक थान, घटना वारदातको बखत लगाएको गन्जी एक थान, गम्छा एक थान र धोती एक थान बरामद गरिएको प्रहरी उपरीक्षक खनालले जानकारी दिए ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ६ : ५२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०