नमूना प्रश्नसँग हुबहु मिलेपछि... | Khabarhub Khabarhub

नमूना प्रश्नसँग हुबहु मिलेपछि…


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकाले आफ्नो मातहतका विद्यालयमा कक्षा ८ को परीक्षा पुनःलिने निर्णय गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेका अनुसार, अघिल्लो वर्षको नमूना प्रश्नसँग यसपालीको प्रश्न हुबहु मिलेको पाइएपछि परीक्षा दोहोर्‍याउनु परेको हो ।

उक्त गाउँपालिका मातहतका १४ वटा विद्यालयमा यही चैत १९ गतेदेखि २६ गतेसम्म पुनःपरीक्षा सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिए । गाउँपालिकाले मातहतका विद्यालयमा अन्तिम परीक्षा यही चैत १० देखि १८ गतेसम्म सञ्चालन गरिरहेको थियो ।

सञ्चालन भइरहेको परीक्षा रद्द हुँदा ४८८ जना विद्यार्थी प्रभावित भएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ९ : ०७ बजे

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा