राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सहजीकरणकाे जिम्मेवारी स्थानीय तहलाई | Khabarhub Khabarhub

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सहजीकरणकाे जिम्मेवारी स्थानीय तहलाई


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सबै स्थानीय तहलाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा सहजीकरण गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रचार अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह समन्वय शाखाले सबै स्थानीय तहलाई भिटामिन ‘ए’ कार्यक्रममा सहजीकरण गर्न आइतबार निर्देशन दिएको हो ।

आगामी वैशाख ६ र ७ गते दोस्रो चरण अन्र्तगत ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ ।

यस्तौ शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएका ३० जिल्लाका ५ वर्षमुनिका बालबालिकालाई पोषणस्थित परीक्षण र ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई सुक्ष्म पोषणतत्व बालभिटा वितरण कार्यक्रम रहेको छ ।

संघीयता लागू भएसँगै भिटामीन र पोषणका कार्यक्रम संचालनको अधिकार तथा बजेट स्थानीयत तहमा गएको छ ।

यस्ताे छ  स्थानीय तहलाई दिएकाे निर्देशन  

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ८ : ११ बजे

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज