तपाईको परिवारमा जेष्ठ नागरिकलाई अल्जाइमर त छैन ? यसरी थाहा पाउँनुस् | Khabarhub Khabarhub

तपाईको परिवारमा जेष्ठ नागरिकलाई अल्जाइमर त छैन ? यसरी थाहा पाउँनुस्


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईको घरमा ६० वर्ष नाघेका बुबाआमा हुनुहन्छ ? यदि हुनुहुन्छ भने उहाँहरुको स्वभाव कस्तो छ ? केही समय अघि भनेको कुरा एकैछिनमा विर्सने र एउटै कुरा बारम्बार सोधिरहने बानी उहाँहरुमा छ ?

यदि तपाईको परिवारमा हुनुभएका जेष्ठनागरिकमा यस्तो बानी छ भने, यो बानी होइन ,रोग हो । पोषणको अभाव र अस्वस्थकर जीवनशैलीका कारण वृद्धाअवस्थामा पुगेपछि धेरैमा विर्सने समस्या हुन्छ । जसलाई अल्जाइमर भनिन्छ ।

अल्जाइमरको विषयमा जानकारी नहुँदा धेरै जेष्ठ नागरिकहरुले उपचार नै नपाइ कनाहकमा ज्यान गुमाइरहेका छन् । अल्जाइमर भएका जेष्ठ नागरिकलाई बुढेसकालमा हुने सामान्य समस्या सोचेर उनका परिवारले स्वास्थ्यमा ध्यान नदिदा अल्जाइमर भएका वृद्धवृद्धाहरु झनै कमजोर बन्छन् । नेपालमा ७८ हजार व्यक्तिमा अल्जाइमर रोग रहेकोे अल्जाइमर विस्मृति समाज नेपालले जनाएको छ ।

पाटन अस्पतालका जेष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कडेलका अनुसार अल्जाइमरका बिरामीमा तीन चरणको लक्षण देखिन्छ ।

पहिलो चरणका लक्षणहरु यी हुन्
–खाना खाएको विर्सने ।
–एउटै कुरा दोहो¥याइ रहने ।
–जटिक शब्दहरु सम्झन नसक्ने ।
–एकोहोरो हुने ।
–अरुसँग घुलमिल हुन नचाहने ।

दोस्रो चरणको लक्षण
–आफू हिडेको बाटो विर्सने ।
–नियमित भेट हुने आफन्त र परिवारका सदस्य नचिन्ने
–अनावश्यक शंका गर्ने बानी हुनु ।
–आफ्नै अनुहार ऐनामा हेर्दा आफैलाई नचिन्ने ।
–केही समय अघि सिकेका वा जानेका कुराहरु विर्सने ।
–निन्द्रामा समस्या हुने, निन्द्रामै हिँड्ने ।
–राम्रो, नराम्रो र खतराका वस्तु पहिचान गर्न नसक्ने ।
–अस्पष्ट वाक्य बोल्ने, बेसुराका कुरा गर्ने ।
–रिस, चिन्ता, शंका बढि गर्ने ।

अन्तिम चरणका लक्षण
–पहिलो र दोस्रो चरणको समस्याहरु बढ्दै जाने ।
–आपत्तिजनक काम र व्यवहार गर्ने ।
–अश्लिल शब्दहरु बोल्ने ।
–कुरा नबुझ्ने सम्वेदना गुमाउने ।
–वजन कम हुदै जाने ।
–परिवार, आफन्त र साथीहरुलाई नचिन्ने ।
–दैनिक क्रियाकलाप गर्न नसक्ने ।
–खानेकुरा चपाउँन र निल्न नसक्ने ।
–ओछ्यानमा थला पर्ने ।
–दिसापिसाबको नियन्त्रण गर्न नसक्ने ।
–मानसिक सन्तुलन घुमाउने ।

यस्ता समस्या देखिएमा  बुढेसकालको समान्य समस्या भनेर बस्नु हुदैन । अल्जाइमर भएका बिरामीले आफन्तको केयर र औषधिउपचार पाएमा १० देखि १५ वर्ष सम्म बढी समय बाँच्न सक्छन् । त्यसैले अल्झाइमर भएका जेष्ठ नागरिकलाई विशेषज्ञ केयर गर्नुपर्छ ।

अल्जाइमरका बिरामीको यसरी गर्नुस् केयर
–अल्जाइमर हुने जोखिमलाई कम गर्ने ।
–सामाजिक कार्यमा जेष्ठ नागरिकलाई सहभागी गराउँने ।
–योगा तथा शारीरिक व्यायाम गर्ने ।
–जेष्ठ नागरिकले सोधेको कुरामा राम्रोसँग जवाफ दिने
–वृद्धवृद्धालाई पोषिलो खाना खुवाउँने
–सरसफाइ र हेरचाहमा विषेश ध्यान दिने
–दिमाग क्रियाशील हुने किसिकका खेल तथा क्रियाकलाप गराउने ।
–समय समयमा स्वास्थ्य जाँच गराउने ।
–अल्जाइमर भएका बिरामीलाई चिकित्सकको सहल्लाहमा औषधि उपचार गर्ने ।
–जेष्ठ नागरिकले गर्न सक्ने काममा सरिक गराउने ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ११ : २३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०