ललितपुरबाट काठमाडौं सर्‍यो रक्तसञ्चार केन्द्र | Khabarhub Khabarhub

ललितपुरबाट काठमाडौं सर्‍यो रक्तसञ्चार केन्द्र


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको बालकुमारीमा रहको रक्तसञ्चार केन्द्र काठमाडौंको ताहचलमा सरेको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रले आइतबार (आज) देखि ताहचलबाटसेवा शुरु गरेको हो । सेवाग्राहीको सुविधालाई ध्यान दिँदै केन्द्र नयाँ ठाउँमा सारेको सोसाइटीका अध्यक्ष सञ्जीव थापाले जानकारी दिए ।

विसं २०२० भदौमा स्थापना भएको सोसाइटीले विसं २०२३ देखि रक्तदान कार्यक्रम सञ्चालनमा ल्याएको थियो । रगत जमा गर्ने बैंकका रुपमा विकास गरिएको रक्तसञ्चार केन्दले हाल देशका विभिन्न ७३ जिल्लामा सञ्जाल विस्तार गरी १०८ कार्यालयमार्फत सेवा प्रदान गरेको जनाएको छ ।

केन्द्रका १६ कार्यालयमा रगतको प्लाज्मा विकास गर्न सक्ने जनशक्ति तथा सेवा सञ्चालन गरिएको छ । केन्द्रका निर्देशक डा मनिता राजकर्णिकारले केन्द्रले देशभर वार्षिक तीन लाख ४४ हजार ९३३ पिन्ट रगत वितरण गरेको जानकारी दिइन् ।

सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले सेवा प्रवाह गर्ने विषय संवेदनशील भएको बताउँदै यस क्षेत्रमा राम्रो र गुणस्तरीय सेवा प्रदान गर्न केन्द्रीय कार्यालयमा करीब एक करोड ७६ लाखको लागतमा भवन निर्माण, फर्निचर व्यवस्थापन र केही प्रविधि थप गरिएको जानकारी दिए । केन्द्रले दाताले निःशुल्क उपलब्ध गराएको रगत बिरामीलाई पनि निःशुल्क प्रदान गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ७ : १५ बजे

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई सोधियाे स्पष्टीकरण

काठमाडौं– हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा,

हिरासत छल्न अस्पताल बस्ने प्रवत्तिबारे गृहमन्त्रीले गरे मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल

काठमाडौं– प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे

पानीमा डुबेर एक युवकको मृत्यु 

दैलेख– भैरवी गाउँपालिका –३ स्थित छामघाट खोलामा नुहाउन गएका एक

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

कडुना– दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त

इलाम-२ का प्रारम्भिक उम्मेदवारसँग रास्वपाको छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने