महिला क्रिकेटमा फ्रेन्चाईज लिग, अक्सनबाट १० जना अधिकतम मूल्यमा आवद्ध | Khabarhub Khabarhub

महिला क्रिकेटमा फ्रेन्चाईज लिग, अक्सनबाट १० जना अधिकतम मूल्यमा आवद्ध


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली क्रिकेट इतिहासमा पहिलो पटक फ्रेन्चाईज महिला क्रिकेट लिगका लागि बोलकबोल (अक्सन) बाट वुमन्स टि—ट्वान्टी महिला क्रिकेट लिगमा सहभागी टिमहरुले खेलाडी छनोट गरेका छन् ।

विराटनगरमा बैशाखमा हुने वुमन्स महिला क्रिकेट लिगका लागि अक्सनबाट ५२ खेलाडीलाई टिममा आवद्ध भएकना हुन् ।

आयोजक एनसीएल स्पोट्स प्रालिले आयोजना गरेको लिगका लागि ८० जना खेलाडी मध्येबाट ५२ जना खेलाडी छनोट भएका छन् । नेपालका प्रतिष्ठित चार शहरका ४ टिम रहेका छन् ।

जसमा काठमाडौं सुपर च्याम्पियन्स, धनगढी वन्डर वुमन, भैरहवा क्वीन्स र विराटनगर रोअरीङ लाइनर्स छन् । त्यस्तै, चारवटै टिमहरुले यसअघि नै मार्की खेलाडी घोषणा गरिसकेका छन् ।

जसमा काठमाडौंको मार्की खेलाडी नेहरी थापा, धनगढीकी मार्की खेलाडी सीता राना मगर, भैरहवाकी मार्की खेलाडी राष्ट्रिय महिला टोलीकी कप्तान रुवीना क्षेत्री बेलबासे र विराटनगरकी मार्की खेलाडी करुण भण्डारी रहेकी छन् ।

चारवटै टिमले तीन क्याटागोरीमा विभाजित खेलाडीलाई अक्सनमार्फत् टिममा आवद्ध गरेका छन् । जसमा ‘ए’ ग्रेडका खेलाडीले न्यूनतम ४० हजार देखि ७५ हजार पाएका छन् भने ‘बि’ ग्रेडका खेलाडीले २५ हजार देखि ५० हजार रुपौयामा टिमले आवद्ध गरे । यस्तै, ‘सि’ ग्रेडका खेलाडीका लागि टिमहरुले १५ हजार देखि २५ हजारसम्म खर्च गरेका हुन् ।

यस्तै, अक्सनमा ए ग्रेडका १० जना खेलाडीले अधिकतम मूल्य पाएका छन् । जसमा काजल श्रेष्ठ, ईन्दु वर्मा, सरीता मगर, रोमा थापा, सोनु खड्का, ज्योति पाण्डे, अप्सरी बेगम, विन्दु रावल, ममता चौधरी र कविता कुँवर छन् ।

यस्तै, ‘बि’ ग्रेडमा पनि ८ खेलाडी अधिकतम मूल्य ५० हजारमा बिक्रि भएकी थिइन् । जसमा सरस्वती पुन, रेखा रावल, अञ्जली चन्द, कविता जोशी, सुमन खतीवडा, रेवती धामी, सुमन बिष्ट, मञ्जु कूमारी बोगटी छन् ।

यस्तै, ‘सि’ ग्रेडमा कृतीका मरासिनी, प्रिया चौधरी, मनिसा राना, रुवी पोदर र कृती शेनले अधिकतम मूल्य २५ हजार पाएकी छन् ।
आयोजकले महिला फ्रेन्चाईजमा इसियाकै पहिलो पटक अक्सनबाट खेलाडी छनोट गरेको दावी गरेको छ । पहिलो पटक हुन लागेको महिला क्रिकेट लिगले खेलाडीहरुमा हौसला बढाउने आयोजक एनसीएल प्रालिका अध्यक्ष जयराज रोयले बताएका छन् ।

उनले भने,“पहिलो पटक अक्सनमार्फत् खेलाडी छनोट गर्न सफल भएका छौं । यसले आउने दिनमा महिला क्रिकेटको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको छु ।”

यस्तै, नेपाली राष्ट्रिय महिलाक्रिकेट टोलीकी कप्तान रुवीना श्रेत्री बेलबासीले अहिले नेपाली महिला क्रिकेटले पनि दर्शकको माया पाएको बताएकी छन् ।

उनले भनिन् “हामीले समर्थन पनि राम्रो पाएका छौं । नेपालभर महिला क्रिकेटले प्रसंशा पाइरहेको छ । पक्का पनि खेलाडीलाई व्यवसायिक बनाउने मुख्य बाटो हो । आउने दिनमा खेलाडीले घरेलु मैदानमा आफ्नो प्रदर्शन निखार्दै जान्छ ।”

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी तथा भैरहवा क्वीन्सका प्रशिक्षक शक्ति गौचनले फ्रेन्चाईज क्रिकेट लिगहरुले महिला खेलाडीको प्रदर्शन सुधार गर्ने प्लेटफर्म भएको बताएका छन् ।

“कुनै पनि खेलमा खेलाडीलाई असाधारण प्रदर्शन गर्ने जानराका रुपमा क्रिकेट लिगहरुलाई लिइन्छ । नेपाली महिला खेलाडीलाई यो लिग अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुने अवसर पनि बन्न सक्छ । यो आईसीसीले मान्यता दिइसकेृपछि अन्तराष्ट्रिय समुदायले पनि आफ्नो तरिकाले मूल्याङकन गरेको हुन्छ । जसले खेलाडीलाई बाह्य अवसरका लागि सहज हुन्छ ।”

उनले अगाडि थपे, “हरेक खेलाडीका लागि चुनौती पनि रहन्छ । हरेक खेलमा खेलाडीले राम्रो प्रदर्शन गर्न सकेन भने टिममा पर्दैन भन्ने चुनौती हुन्छ भने प्रतियोगितामा राम्रो प्रदर्शन गर्न उत्प्रेरणा पनि मिल्छ ।”

यस्तै, महिला नेपालमा पुरुष क्रिकेट तर्फ विभिन्न फ्रेन्चाईज लिगहरु भइरहँदा महिला क्रिकेटमा पनि लिग हुनुलाई नेपाली महिला क्रिकेटको विकासको अर्को पक्षका रुपमा हेरिएको छ । यस प्रतियोगिताले नेपाली महिला खेलाडीहरुलाई व्यवसायिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्लेषण भइरहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ५ : ०७ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार