जुजाना क्यापुटोभा स्लोभाकियाकी पहिलो महिला राष्ट्रपतिमा निर्वाचित | Khabarhub Khabarhub

जुजाना क्यापुटोभा स्लोभाकियाकी पहिलो महिला राष्ट्रपतिमा निर्वाचित


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्लोभाकिया– वर्तमान सरकार र संस्थापनको चर्को आलोचना गर्दै आएकी जुजाना क्यापुटोभा स्लोभाकियाको राष्ट्रपतिमा निर्वाचित भएकी छिन् ।

शनिबार भएको राष्ट्रपतीय निर्वाचनको दोश्रो चरणमा ५८.४ प्रतिशत मत ल्याएपछि उनी स्लोभाकियाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनका प्रतिस्पर्धी मारोस सेफ्कोभिचले ४१.६ मत ल्याएका छन् । यद्यपि निर्वाचनको औपचारिक मतपरिणाम भने आइतबार मात्रै घोषणा गरिने त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

यससँगै उनी पूर्वी युरोपेली मुलुक स्लोभाकियाकी पहिलो महिला राष्ट्रपति बन्नेछिन् । उनका प्रतिस्पर्धी सेफ्कोभिचले आफ्नो पराजय स्वीकार गरिसकेको बताइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ३ : ३२ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६