फुलहामविरुद्ध जित निकालेको सिटी प्रिमियर लिगको शीर्ष स्थानमा | Khabarhub Khabarhub

फुलहामविरुद्ध जित निकालेको सिटी प्रिमियर लिगको शीर्ष स्थानमा


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फुलहामविरुद्ध जित हात पारेको म्यान्चेस्टर सिटी पुन इङ्ग्लीस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा सिटीले फुलहामलाई २—० गोल अन्तरले पराजित गरेको हो ।

यसअघि लिभरपुल भन्दा २ अंकले पछि रहेको सिटी जितसँगै ७७ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो । लिभरपुलको प्रिमियर लिगमा ७६ अंकरहेको छ ।

फुलहामविरुद्ध सिटीले खेलको सुरुआतमै अग्रता बनाउँदै खेलमा आफुलाई बलियो देखाएको थियो । जसमा खेलको ५ औं मिनेटमा बेर्नाडो सिल्भाले गोल गर्दै फुलहामलाई १—० गोलले पछि पारेका थिए ।

त्यस्तै, खेलको २७ औं मिनेटमा सिटीका सर्जियो अग्युरोले गोल गर्दै टिमलाई २—० गोलको अग्रता बनाएका थिए । पहिलो हाफमै २—० अघि रहेको सिटीले दोस्रो हाफमा भने गोल गर्न सकेन । सिटीविरुद्ध फुलहामका खेलाडीले दोस्रो हाफमा रक्षात्मक खेल्दै गोल हुनबाट जोगाएका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ५ : ४० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न